» » राजपा नेपालले गरेको आठ बुँदे निर्णय यस्तो छ




प्रेस विज्ञप्ति
२०७५ असार ४ गते आरम्भ भई आज सम्पन्न भएको राजपा नेपालको राजनीतिक समितिको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ः
१. मधेश थरुहट आन्दोलनको क्रममा भएका ज्यादतीहरुको छानविन गरी सत्य तथ्य जनसमक्ष ल्याउने हेतुले सर्वोच्च अदालतका सेवानिबृत न्यायाधिश माननीय श्री गिरिश चन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरिय न्यायिक छानवीन आयोगको प्रतिवेदन अबिलम्ब सार्वजनिक गर्न बैठकले सरकारसंग मांग गरेको छ ।

२. टिकापुर घटनामा राजनीतिक पुर्वाग्रहीत ढंगले फंसाइएका निर्वाचित सांसद मा. रेशम चौधरी लगायत कैलालीका बन्दीहरु का साथै मधेश आन्दोलन लगायतको क्रममा बाँके, महोत्तरी, सिरहा र सहित विभिन्न स्थानमा बन्दी जिवन बिताइरहेका नेता, कार्यकर्ता र आम जनसमुदायमाथीको मुद्दा फिर्ता गरी उनीहरुलाई सिघ्र रिहाई गर्न सरकारसंग जोडदार मांग गर्दछ ।
३. सरकार गठन हुंदाका बखत प्रधानमन्त्री के.पी.शर्मा ओलीले गरेको प्रतिबद्धता अनुसार यथासिघ्र संविधान संसोधन गर्न राजपा नेपालको बैठकले सरकार संग जोडदार मांग गर्ने निर्णय गरेको छ ।

४. राष्ट्रिय जनता पार्टीको विघानः २०७४ को धारा–२२(१०) मा “राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन १ एक वर्ष भित्र सम्पन्न गरीनेछ” लेखिएकोमा त्यसलाई “दुई वर्ष भित्र सम्पन्न गरिनेछ” भनी संशोधन गर्ने निर्णय बैठकले गरेको छ ।
५. राजपा नेपालको ऐतिहाँसिक महाधिवेशन २०७६ साल बैशाख ७, ८ र ९ गते सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
६. पार्टी अध्यक्ष मण्डलमा प्रस्तुत गरिएको पार्टीको मस्यौदा विधान परिमार्जन गरी अर्को बैठकमा पेश गर्न श्री सर्वेन्द्र नाथ शुक्ल, मा. श्री लक्ष्मण लाल कर्ण, र मा. श्री बृषेश चन्द्र लाल सम्मिलित तीन सदस्यीय विधान परिमार्जन समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

७. राजपा नेपालका केन्द्रीय सचिव तेन्जि लामा (छत्रपति) को असामयिक निधनमा गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति बैठकले हार्दिक समवेदना प्रकट गरेको छ ।
८. पार्टी राजनीतिक समितिको अर्को बैठक २०७५ असार २१ गते पुनः बस्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
...................
(महन्थ ठाकुर)
संयोजक

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..