» » आज के हुँदैछ राजपा नेपालमा ?

काठमाडौ असार ४ गते । पटक पटक सर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँदो एकवजे बस्ने राजनीतिक समितिको बैठकमा सचिवालय सदस्यलाई पनि निम्त्याएको छ । २७ सदस्यीय राजनीतिक समिति रहेको छ भने सात सदस्यीय सचिवालय रहेको छ ।
यही राजनीतिक समितिको बैठकले पार्टीको भविष्या निर्धारण गर्ने कतिपय नेताको तर्क रहेको छ । राजनीतिक समितिको बैठक तीन पटक स्थगित भएको थियो ।

जेठ २७ गते तय भएको राजनीतिक समितिको बैठक महन्थ ठाकुर र महेन्द्र राय यादव उपचारका लागि दिल्ली गएको कारण स्थगित भएको थियो ।

२७ गते स्थगित भएको बैठक बैशाख ८ गते बस्ने तय भएको थियो । तर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर एवं सदस्य महेन्द्र राय यादव उपचार गराएर नफर्केको कारण बैठक स्थगित भएको थियो । महन्थ ठाकुर र महेन्द्र राय यादव वैशाख १२ गते दिल्लीबाट फर्केपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सिजन शुरु भयो ।

मोदी जनकपुर आउने भएपछि राजपा नेपालको सारा शक्ति त्यसको तयारीमा लाग्यो । आवश्यकता अनुसार अध्यक्ष मण्डलको बैठक बस्यो । तर, राजनीतिक समितिको बैठक बस्ने भनि मिति पनि तय भइरहेको थिएन ।

मोदी बैशाख २८ गते आएर २९ गते फर्के । त्यसपछि फुर्सदमा आएका राजपा नेपालको बैठकमा राजनीतिक समितिको बैठब बसाउन दवाव पर्न थाल्यो ।


बैठकका लागि पटक पटक मिति तय गर्न अध्यक्ष मण्डलप्रति दवाव परे तय भएन ।


त्यही बीचमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र शरतसिंह भण्डारी दिल्ली पुगेर फर्के । राजकिशोर यादव जेठ ५ गते गएर १५ गते फर्केका थिए भने शरतसिंह भण्डारी १० गते गएर फर्किनु भयो ।
त्यसपछि जेठ २५ गते राजनीतिक समितिको बैठक बस्ने तय भयो । त्यसको तयारी पनि हुन थाल्यो । तर बैठकको अन्तिम दिनमा गएर त्यो पनि स्थगित भयो ।


प्रदेश २ का सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको र समितिका नेताहरु त्यसमा व्यस्त रहेको भन्दै बैठक स्थगित भएको थियो । जब कि प्रदेश सरकारले जेठ २४ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गर्यो ।
राजनीतिक समितिको बैठक स्थगित भएपनि अध्यक्ष मण्डलको बैठक बसेर विधान तथा नियमावलीमा छलफल गरेर त्यसलाई टुगों लगाएको छ । सोही बैठकले असार ४ गते राजनीतिक समितिको बैठक बस्ने मिति तय गर्यो ।


आसार ४ गतेको बैठक पनि स्थगित हुने धेरैले अनुमान गरेको थियो । यो समाचार तयार पार्दासम्म स्थगित भएको छैन ।

बैठक स्थिगित हुनुको कारण
कहिले विरामी त कहिले नीति तथा कार्यक्रम त केहिले के बहानामा पटक पटक राजनीतिक समितिको बैठक स्थित भएको हो । राजपा नेपालका एक महासचिवले भन्छन्, यी सबै बाहाना मात्र हो, मुख्य कुरा त नेतृत्वको खिचातानीका कारण पटक पटक बैठक स्थिगित भएको हो ।’


संसदीय दल नेता चयन, महाधिवेशन मिति तय र सरकारमा सहभागी यी तीन मुख्य कारण बैठक स्थगित हुँदै आएको ती महासचिवले बताए ।

संघीय सांसदले सपथ लिएको पाँच महिना भइसक्यो तर राजपा नेपालले आजसम्म संसदीय दलको नेता चयन गरेको छैन । राजपा नेपालमा संसदीय दलको नेता को हुने विवाद देखेर नै राजनीतिक समितिको बैठक बस्न सकिरहेको थिएन ।

संसदीय दलको नेताको लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो दावेदार रहेका छन् । अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा, राजकिशोर यादव, महेन्द्र राय यादवले महन्थ ठाकुर संसदीय दलको नेता हुनुपर्ने भन्दै आएपछि राजेन्द्र महतो आफू संसदीय दलको नेता बन्नुपर्ने अडान लिँदै आएका छन् । उनलाई शरतसिंह भण्डारीले साथ दिँदै आएको स्रोतको दावी छ ।

यद्यपी उनी हालसम्म राजेन्द्र महतोको पक्षमा खुल्नु भएको छैन । उनी भन्छन्, संसदीय दलको नेताका लागि कुनै विवाद छैन । १७ जना सांसदमध्ये जो कोही पनि नेता बन्न सक्नुहुन्छ । जो बन्नु हुन्छ सहमतिबाट नै हुन्छ ।’

यद्यपी, राजेन्द्र महतोले आफू सर्वसम्मतिले नभए चुनाव गराउनुपर्ने आडान लिइरहेको कारणले विवादका कारण बैठक स्थगित हुँदै आएको थियो ।

त्यस्तै, महाधिवेशन पनि राजपा नेपालका लागि घाँडो भएको छ । पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गराउने निर्णय राजपाको थियो तर एक वर्षभन्दा बढी भइसक्दा पनि महाधिवेशन गराउन नसकेको भन्दै निर्वाचन आयोग नेपालले राजपा नेपाललाई पत्र काटेको छ ।

महाधिवेशनपछि पार्टीको नेतृत्व कसले लिने अहिलेदेखि हानाथाप भइरहेको छ । पहिलो महाधिवेशन भएको हुनाले नेतृत्वमा महन्थ ठाकुरलाई नै पुनः दाहोर्याउने धेरैको मान्यता रहेको छ भने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको समूहले चाँडै महाधिवेशन गराएर नेतृत्व हात पार्ने दावमा रहेको बताइन्छ ।


दुई दुई महिना अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने नीति राजपा नेपालले बनाएको थियो । तर, महन्थ ठाकुरको दुई महिनाको म्याद सकिएपछि छाड्न चाहेका थिए तर राजेन्द्र महतोले नै छाड्नु पर्दैन, ठाकुरजी नै रहनुपर्छ भनि बैठकमा प्रस्ताव लगेका थिए ।


तर त्यतिबेला शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादवले सो प्रस्तावको विरोध गरेका थिए ।
आज सोही प्रस्ताव राजेन्द्र महतोका लागि घाँडो भएको छ । पार्टीको संयोजक (अध्यक्ष) नै संसदीय दलको नेता हुने मान्यता रहँदै आएको नजिरका आधारमा महन्थ ठाकुरले नै संसदीय दलको नेता बन्ने सम्भावना धेरै रहेको छ ।

यदि महतो पक्षधरले चुनावको माग गरे भने कडा प्रतिस्पर्धा हुने देखिएको छ । १७ जना सांसदमध्ये एकजना रेशम चौधरी थुनामा रहेका छन् । १६ जना संसदले मतदान गर्नेछन् । छवटा दल मिलेर राजपा नेपाल बनेको छ । चुनावका समयमा छवटै अध्यक्षले प्रत्यक्ष तथा समानुपातिक सीट बाँडफाँड गरेका थिए । त्यस आधारमा दुवैतिर बराबर सांसद रहेका छन् ।

तर चुनाव जितेपछि कतिपय सांसदहरु यताउता भएका छन् ।

के छ बैठकको एजेण्डा ?
देशको समसामयीक राजनीतिक अवस्था बारे छलफल गर्नुको साथै संसदीय दलका लागि तयार पारेको विधान र नियमावली अनुमोदन गरिनेछ । त्यसका साथै संसदीय दल नेता चयन गर्ने प्रकृयाको बारेमा पनि छलफल हुन्छ । निर्वाचन आयोगले महाधिवेशन गराउन पठाएको पत्रको बारेमा छलफल गरि महाधिवेशनको मिति चयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
-ratopati

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..