» » प्रदीप गिरीले भन्नुभयो, कानुन सबैले मान्नुपर्छ

–जिवछ यादव 
सिरहा, असार ६ गते । नेपाली काँग्रेस सिरहा क्षेत्र नम्वर १ का सभापति तथा लहान नगरपालिकाको मेयरको समेत उम्मेदवार हुनु भएको अच्चमितलाल चौधरीले लहान नगरपालिकामा १०३ फिट लोकमार्गमा खाली हुँदैन बताउनु भएको छ । 

सिरहा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद प्रदिप गिरीलार्इ आग्रह गर्दै १०३ खाली गराए नेपाली काँग्रेसलाई मान्य नहुने धारणा राख्नु भएको छ, नेता चौघरीले भन्नुभयो, लहानको मेयरले ८२ फिटभन्दा बढी खाली गराउन सक्दैन ्र वनको बाघले नखाए पनि मनको बाघले खाए जस्तो भयो १०३ फिट खाली गराउन दिनु हुँदैन, नगरपालिकाले खाली गराउन कदम चाले हाम्रा नेता गिरीले साथ दिनुपर्छ उहाले आफ्नो धारणा राख्नुभयो  । 

मधेश आन्दोलनको अगुवा कृष्ण वहादुर यादवले सांसद गिरीलाइ भन्नुभयो, लहानको जनताले भन्दैछ नेता गिरीले लहानको मेयर मुनि साहलाइ १०३ फिट खाली गराउन सघाइरहनु भएको छ ्र वास्तविकता के हो ? प्रष्ट पारिदिनुपर्छ ्र 
त्यहाँ सहभागी स्थानीयहरुले भन्नुभयो १०३ फिट खाली गर्न नगरको वोर्डको बैकमा सर्वसम्मत निर्णय गर्ने अहिले विरोध गर्ने सुहाएन ्र नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु दोधारे कुरा गरेर भएन, आडान प्रष्ट हुनुपर्छ, अधिकाँसले सुझाउनुभयो ्र वडा न २३ का नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताले प्रष्टयाउनुभयो, १०३ फिट खाली गर्ने निर्णय भएकै हो ्र आदालतले पनि १०३ फिट खाली गराउने निर्णय सदर गरेपछि लहान ८ मा रहेको चोकको घर मैले तोडेर मार्ग प्रशस्त गराइ दिएको छु  । 

सवैको कुरा सुनेपछि नेता गिरीले एउटै जवाफ दिनुभयो कानुनको पालना गर्नुपर्छ ्र विकासको तगारो वन्नु हुँदैन ्र सडक खाली गराउने कानुन के छम बुझेर केहि भन्ने बताउनुभयो  । 

लहान २ का पुर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका नेताा देवनाथ यादवको ७० वर्षिय आमा निरसी देवी यादवको १३ अौ पुण्यतिथिमा श्रदाञ्जली दिन आफ्नो नर्वाचन क्षेत्र सिरहा आईपुग्नु भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..