धनुषा आसार १० गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अस्थायी शिक्षकहरुको समस्या समयमै समाधान हुनु पर्ने बताउनु भएको छ ।
अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले लामो समयसम्म मुलुकको सेवा गरेको अस्थायी शिक्षकसँग कुनै पनि ढंगले अन्याय हुनु नपर्ने बताउनु भयो ।
शिक्षक आयोगले अषाढ २९ र ३० गते निर्धारण गरेको परीक्षाको तिथि सार्नु पर्ने शिक्षकहरुको मांगलाई संघीय सरकारले सम्बोधन गर्नु पर्ने पक्षमा आफु रहेको उहाँको धारणा थियो ।
आषाढ ६ गते सूचना प्रकाशन गरेर २९ र ३० गते परीक्षा लिनु न्याय पूर्ण नरहेको भन्दै उहाँले यस विषयमा संघीय सरकार, शिक्षा मन्त्रालय र आयोगसँग आफूले कुरा गर्ने समेत बताउनु भयो ।
आन्दोलन परीचालन समितिका संयोजक बिन्दा दास थारुको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको अस्थायी शिक्षकहरुले संघीय सरकारले आफूहरुको माग पुरा भए कडा आन्दोनल गर्ने चेतावनी समेत दिएका छन् ।

No comments: