काठमाडौं, असार १०– विभिन्न आठ विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएको अनियमितता तथा विभेदलाई हटाउन आन्दोलनको घोषणा गरेको छ ।
आज पत्रकार सम्मोलन गरि गराएको जानकारी अनुसार असार ११–१६ गतेसम्म प्रचारप्रसार, प्रधानमन्त्री लगायत मन्त्री तथा पार्टी नेताहरुसँग अपिल, छलफल तथा भेटघाट गर्ने, असार १७ गते प्रदर्शनी मार्गमा सडक कक्षा सञ्चालन गर्ने, असार १८ गते माईतीघर मण्डला र देशका विभिन्न जिल्ला सदरमुकाममा आँखामा कालो पट्टी बाँधी सिठ्ठी जुलुस निकाल्ने, असार १९ गते मसाल जुलुस निकाल्ने र असार २०, २१ र २२ गते देशैभरि शैक्षिक हड्ताल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
राजपा नेपालका विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्राले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरणको विरुद्धमा आफूहरु आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, शिक्षामा लगानी गर्ने नेताहरुको सम्पत्ति छानविन हुनुपर्छ । नेता तथा विभिन्न लगानीकर्ताले शिक्षा क्षेत्रमा सिन्डिकेट खाडा गरेका छन् ।’
शिक्षा क्षेत्रका विकृति हटाउन गरिएको आफूहरुको आन्दोलन चाहाना नभएर बाध्यता भएकाले यसमा विद्यार्थी, अभिभावकहरुले समेत साथ दिनुपर्ने धारण राख्नुभयो ।
अखिल (क्रान्तीकारी) का अध्यक्ष चिरन्जीबी ढकालले देशको कुल शिक्षा क्षेत्रको ८० प्रतिशत भार बोकेको सार्वजनिक शिक्षामा घोटाला भएको बताउँदै उहाँले कम्युनिष्ट सरकारले शिक्षामा स्तरोन्नती गर्न चालेका सबै कदमहरु अनावश्यक र झुठा रहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल, अनेरास्ववियू (क्रान्तीकारी) का सचिव पेशल दाहाल, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम लगायतका विद्यार्थी नेताले आआफ्ना धारणा राखेका थिए ।

No comments: