» » किसानलाई न्याय दिलाउने मुख्यमन्त्रीको प्रतिवद्धता

धनुषा असार १० गते । मुख्यमन्त्री लालबाबु राउतले बाराको सिमरा जितपुर नगरपालिका अन्तर्गत चिनि मिलको जग्गाका कारण अन्यायमा परेका किसानहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनु भएको छ ।

भूमि अधिकार संघर्ष समिति जितपुर सिमराका किसानहरुको ज्ञापन पत्र बुझदै उहाँले न्याय दिलाउने प्रतिबद्धता जनाउनु भएको हो ।

जितपुर सिमरा नगरपालिकाको वडा नं. १२, १३, १४, १५ स्थित वीरगंज ण्चिनि कारखानाको लागि २०२१ सालमा सरकारले अधिग्रहण गरेको ८०० विघा जग्गा हाल चीनी कारखाना बन्द भएपछि अन्य प्रयोजनमा प्रयोग हुन लागेको तथा बाहिरी व्यक्तिहरुले कब्जा गर्न थाले पछि स्थानी थारु समुदायका किसानहरु चीनी कारखाना सञ्चालन नभए आफूहरुको जग्गा फिर्ता हुनु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

उनीहरुको माग सुनुवाई नभएपछि आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै न्याय दिलाई दिन आग्रह गरेका हुन् ।

तत्कालिन समयमा प्रति विग्घा १५ सय र १ हजारको दरमा अधिग्रहण गरिएको जग्गा चीनी कारखाना बन्द भए यता अतिक्रमणमा पर्न थालेपछि थारु समुदाय आन्दोलित भएका हुन् ।

उनिहरुले चिनि मिल संचालन हुनु पर्ने, उक्त जग्गा साविक जग्गा धनिलाई ऊखु उत्पादन गर्न दिनुपर्ने, मिल संचलान नभए अधिग्रहण गरिएकै प्रक्रियाबाट किसानहरुलाई फिर्ता गर्नु पर्ने लगायतका माग गरेका छन् ।
ज्ञापन पत्र बुझाउन करिब तीन सय किसान मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..