» » राजपा नेपालको महाधिवेशन एक वर्षपछि हुने

काठमाडौं असार ६ गते । राष्ट्रिय जनता पार्टीले आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सो पार्टीको तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले २०७६ बैशाख ७, ८ र ९ गते पार्टी महाधिवेशन गर्ने  निर्णय गरेको पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले जनाकारी गराउनुभयो । 

बैठकले ३ सदस्यीय पार्टी विधान परिमार्जन समिति बनाउने निर्णय समेत गरेको पार्टी महासचिव केशव झाले बताउनुभाये ।

झाका अनुसार एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने पार्टीको विधानको धारा २२ को उपधारा (१०) लाई संशोधन गरिएको निर्णय निर्वाचन आयोगलाई पत्रचार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

अरु बाँकी निर्णयहरु असार २१ गते बस्ने राजनीतिक समितिको बैठकले गर्ने बताइएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..