» » अध्यक्षमण्डल भङ्ग गर्न सांसद मण्डलको सुझाव

काठमाडौ आसार ४ गते । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेश २ का सांसद सुरेश मण्डल अध्यक्ष मण्डल भङ्ग गर्न सुझाव दिनुभएको छ ।

राजपा नेपाकलो आज बस्न लागेको राजनीतिक समितिको बैठकका लागि सुझाव दिँदै उहाँले प्रदेश २ मा नियुक्त गर्न बाँकी रहेको राज्यमन्त्री पनि नियुक्त नगर्न पनि सुझाव दिनुभएको छ ।

उहाँले विगत ६ महिनादेखि अनिर्णित रहेको सङघीय संसदीय दलको नेता पनि आजैको बैठकमा चयन गर्न माग गर्दै पार्टीको महाधिवेशन ६ महिनाभित्र गर्न पनि सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो, गतिहिन, अवसरवादी, भागबण्डा र बिगतमा भएको संसद चयन प्रक्रियामा आर्थीक चलखेल लगायतको अनियमित्तता अन्त्य गर्न भद्धा अध्यक्ष मण्डल बिघटन गर ।’

त्यसका साथै उहाँले मधेश आन्दोलन, मधेशी जनता, शहिद लगायतले देखाएको बाटोमा अघि बढ्न पनि सुझाव दिनुभएको  छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..