» » तराई मधेशमा गर्मीका कारण जनजीवन कष्टकर


–फिरोज शेख 
सिरहा जेठ २३ गते । तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ ।

पानी नपरेको कारण तापक्रम मात्र दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो ।

शहरबजारको सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल घट्नुको साथै स्कुल कलेज जाने विद्यार्थीको सँख्या पनि कम हुन थालेका छन् ।

शहर बजारमा सर्वसाधारणको चहलपहल घटेका कारण त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा परेको छ भने अर्कोतिर चिसो पेय पदार्थ, उखुको रस, सोडा नेमन, लस्सी, सातुलगायतको विक्रि बढेको छ ।

बिहानैदेखि चर्को घाम लाग्न थालेपछि सर्वसाधारणको चहलपहल कम भएको छ । त्यसपछि विद्युत कटौतीका करण जनजीवन निकै प्रभावित भएको छ ।

चर्को घामका कारण सिरहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही, महोत्तरी, पर्सा, सुनसरी लगायतका जिल्लामा गर्मी बढ्दै गईरहेको छ ।


गर्मी बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ।

गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

आज लहानको अधिकतम तापक्रम ३७ डिग्री पुगेको छ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..