» » फोरम नेपालमा प्रवेश गर्नुभएको रेणु यादव को हुनुहुन्छ ?

काठमाडौ वैशाख २० गते । आज तुलानारायण साहका साथमा रेणु यादव पनि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

एकजना रेणु यादव पहिलादेखि फोरम नेपालमा हुनुहुन्थ्यो । उहाँ अहिले उपाध्यक्ष हुनुहुन्छ । रेणु यादव फोरम नेपाल प्रवेशको समाचार आएपछि धेरैमा कौतुहलता जाग्यो कि रेणु यादव कसरी फरि फोरम नेपालमा प्रवेश गर्नुभयो ।

रेणु यादव सुनिएको चर्चित नाम र अनुहार भएका हुनाले धेरैलाई चासो लाग्नु स्वाभाविक पनि हो ।

सानैदेखि राजनीतिकमा चासो राख्ने रेणु यादव सामान्य गृहणी हुनुहुन्छ । सिरहा आभेनगर योगनारायण यादवका छोरी उहाँ बीबीएससम्म अध्ययन गर्नुभएको छ ।

अहिले उहाँ काठमाडौमा बस्नुहुन्छ । उहाँका दुईटा छोरा छन् ।
उहाँ श्रीमान् लक्ष्मण यादव हुनुहुन्छ ।

ठूलै आइटी कम्पनीमा कार्यरत लक्ष्मण यादवसँग मधेशका नेताहरु भेट्न आउँदा रेणु यादवले उहाँहरु बीच हुने कुरालाई निकै चासो पूर्वक सुन्नु हुन्थ्यो ।

मधेशमा देखिएको विभेदका कारण मधेशवादी दलले गरिरहेको आन्दोलनप्रति उहाँ समर्थन जनाउनु हुन्थ्यो । र, उहाँ सोच्नु हुन्थ्यो कि म पनि एक दिन मधेशको राजनीतिक गर्छु र उहाँ आज फोरम नेपालमा प्रवेश गरेर राजनीतिकको पाइला चाल्नु भएको छ ।

\हुन त उहाँका बुवा पनि एक राजनीतिककर्मी हुनुहुन्छ । पहिला एमालेमा हुनुहुन्थ्यो अहिले फोरम नेपालमा हुनुहुन्छ ।

नेपालको राजनीतिकमा मधेशी महिला जबसम्म सहभागी हुँदैन तबसम्म उसको विकास हुँदैन भनि बुझेर नै राजनीतिकमा प्रवेश गरेको रेणु यादव बताउँनु हुन्छ । मधेशी महिलाहरु अहिले निकै पछाडी परेको बताउँदै उहाँले राजनीतिक विकास नभएसम्म अन्य कुराको विकास असम्भव रहेको बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..