» » मिथिला पेन्टिङ्ग विगार्नेलाई ५१ हजार जरिवाना

काठमाडौ जेठ ६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा नगरलाई सौन्दर्यीकरण गर्न बनाइएका मिथिला चित्रकला बिगार्ने वा केरमेट गर्नेलाई जनकपुर उपमहानगरपाकिालले ५१ हजारसम्म जरिवाना गरिने भएको छ।

 उपमहानगरका मेयर लालकिशोर साहले मिथिला चित्रकला बिगार्न खोज्नेलाई पाँच हजारदेखि ५१ हजारसम्म जरिवाना जानकारी गराउँदै भन्नुभयो, यो प्रधानमन्त्री मोदी आउने अवसरमा चित्रकला बनाइएको थियो तर उहाँ फर्केपछि यसको सन्दर्भ सकियो भने होइन, यसलाई बचाई राख्नुपर्छ ।’

प्रधानन्त्री मोदी भ्रमण पूर्वसम्म फोहोर र अव्यवस्थित रहेको जनकपुरको बारहबिघा मैदान अगाडिको पर्खाल र ढललाई उपमहानगरपालिकाले सफा बनाएको थियो । तर, भ्रमण सकिएको दुई दिन नबित्दै फुटपाथ व्यवसायी र ठेलामा व्यापार गर्नेहरूले मिथिला चित्रकला नै छोप्ने गरी पसल थापेपछि सञ्चारमाध्यममा निकै आलोचना भएको थियो।

उपमहानगरले मिथिला चित्रकला संरक्षणमा दबाब बढेकाले फुटपाथ व्यवसायीहरूलाई अन्यत्र व्यवस्थापन गरिने र मिथिला चित्रकला भएका स्थानलाई सफा बनाई सेल्फी प्वाइन्टको रूपमा स्थापित गर्ने बताएको मेयर साहले बताउनुभयो ।

वर्षौंदेखि नगरक्षेत्रमा पर्यटकहरूको आकर्षणका लागि सार्वजनिक स्थानमा मिथिला चित्रकला बनाउने आफूहरूको योजना भए पनि बल्ल आएर भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले यो काममा सहजता थपिदिएको मेयर साहले बताउनु भएको अन्नपूर्णपोष्टमा उल्लेख छ।

उपमहानगरको तर्फबाट पर्खालहरूमा मिथिला चित्रकला निर्माणका लागि २० लाख रुपैयाँ खर्चिएको छ। काठमाडौंबाट बोलाइएका आर्टिस्टहरूले मोदी भ्रमणपूर्व चित्रकला बनाएका थिए। यी चित्रकलाको संरक्षणका लागि पर्खालमै फ्रेमिङ गराउने योजनासमेत उहाँले सुनाउनुभयो ।

विवाहमण्डप अगाडिको पर्खालमा सीताको जन्मदेखि विवाहसम्मको दृश्यलाई चित्रकलाको माध्यमबाट वर्णन गरिएको छ भने भने बारहबिघा मैदानअगाडिको पर्खालमा मिथिला भोजन, रहनसहन र पूजापाठका दृश्यहरू कोरिएका छन्।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..