» » सविधान संशोधनको विषयमा प्रचण्ड र ओलीको फरक फरक कुरा

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताउनुभएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग भन्नुभयोे, “जनतामुखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी बजेट आउँछ, ढुक्क रहन म आग्रह गर्दछु ।”
‘संविधान संशोधनको विषय सरकारको नीति तथा कार्यक्रममा किन आएन प्रधानमन्त्रीज्यू’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले “यो विषय वार्षिक नीति तथा कार्यक्रममा पर्ने विषय होइन, छुट्टै विषय हो”, भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने बताउनुभयो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको बताउँदै मधेशवादी दल सरकारका सहभागी हुन प्राविधिक कुरा मिल्न मात्र बाँकी रहेको जानकारी दिनुभएको छ ।

नीति तथा कार्यक्रम सार्वजानिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले भन्नुभयो, “राजनीतिक सहमतिमा संविधान संशोधनको कार्य टुंगोमा पुगिसकेको छ, मधेशवादी दल वर्तमान सरकारमा सहभागी हुन केही प्राविधिक कुरा मिल्न मात्र बाँकी छ, यो पनि छिट्टै टुंगिन्छ ।”

उहाँले सरकारको नीति तथा कार्यक्रम विगतका निर्वाचनमा सार्वजनिक भएका घोषणापत्रअनुसार आएको छ भन्नुभयो । पत्रकारको प्रश्नमा उहाँले जनतासामु गरिएका प्रतिबद्धता नै नीति तथा कार्यक्रम आएको बताउँदै संघीयता कार्यान्वयनको विषय तीन तहको संरचनालाई बलियो पार्ने कुरामा समेटिएको स्पष्ट पार्नुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..