काठमाडौँ जेठ ११ गते । राष्ट्रिय जनता पार्टी नेपालका सांंंसद महेन्द्र राय यादवले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो रहेको बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उहाँले सुन्दा लोकप्रिय र कर्णप्रिय लाग्ने नीति तथा कार्यक्रम आधार हिन महत्वकांक्षी रहेको बताउनुभएको छ ।
उहाँले राजनीतिक समस्या समाधान नभई मुलुकको आर्थिक सम्वृद्धि सम्भव नभएको भन्दै उनले संविधानलाई सर्व स्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभयो ।
राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा सपना मात्र हुने उहाँको तर्क थियो । नीति तथा कार्यक्रमले संघीय संरचनालाई आत्मसाथ नगरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “संघीयता भन्ने शब्द किन राखिएन ? छुटेको हो ? सभामुखलाई सम्माननिय किन लेखिएन ?”
उहाँले तराई मधेस भन्ने शब्द पनि नराखिएको भन्दै उनले यसले पहिचानको समस्या श्रृजना गराउने बताउनुभयो ।
सरकारले राजनीतिक समस्या सम्बोधन नगरी लोकप्रिय सपना बाँड्ने काम मात्रै गरेको आरोप उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ठ पार्टी सपना बाँड्ने नै पार्टी हो । देशलाई सिंगापुर बनाउछु, जसको जोत उसको भोग भन्ने पनि कम्युनिष्ट नै हो, खै अहिले त्यो भएको ?”
सरकारले जनताको तटबन्धको पैसा काटेको, तराई मधेस सम्वृद्ध सिंचाई आयोजना काटेको दाबी गर्दै उहाँले चुरे संरक्षण, नदी नियन्त्रण, वृक्षरोपण लगायतमा ठोस योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

No comments: