» » अ‍ोली र प्रचण्डलाई के के भन्नुभयो राजपा नेपालका नेताहरुले ?

काठमाडौ जेठ ९–राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओली र सोही दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सविधान संशोधन चाँडै गर्न दवाव दिनुभएको छ ।

वजेटको विषयमा सात बुँदे लिखित ध्यानाकर्षण गराउन हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएका राजपा नेपालका नेताहरुले सविधान निर्माण भएपछि सबै प्रकृया अगाडी बढी सकेको छ तर त्यसमा केही विषय परिमार्जन गर्नुपर्ने भएकाले सो कार्य छिटै गरेर विश्वासको वतावरण बनाउन उहाँहरुले सुझाव दिनुभएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले सविधान संशोधनको विषयमा आफूहरुको अडान कायमै छ तर त्यसलाई धेरै दिनसम्म यसरी अल्झाएर राख्न नहुने आफूरुले नेकपाका अध्यक्षद्धयलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

बल सरकारको कोर्टमा छ, उहाँले भन्नुभयो, हात्ती छिरी सक्यो पुच्छर अड्काएर हुँदैन भनि हामीले प्रधानमन्त्रीलाई भन्यौं । सविधानको आधारमा चुनाव भयो, त्यसमा हामीले भाग लियौं, प्रदेश २ मा हाम्रै नेतृत्वमा सरकार निर्माण भएको छ । यता केन्द्रमा पनि हामीले समर्थन गरेका छौं ।

यद्यपी केही विषयमा हाम्रो असहमति छ त्यसलाई परिमार्जन गरेर विश्वासको वतावरण तयार गर्न हामीले भनेका छौं ।’

सो भेटघाटमा प्रधानमन्त्री ओलीले राजपा नेपालका नेताहरुलाई सरकारमा सहभागी हुन पनि आग्रह गर्नुभएको थियो । सरकारमा सहभागी भएर पनि सविधान संशोधनका विषयमा कुरा हुनसक्छ । हामी सविधान संशोधनको विषयमा सकारात्मक छौं, तपाईहरु सरकारमा आइदिनुस् भनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।

त्यसको जवाफमा राजपा नेपालका नेताहरुले यथास्थितिमा आफ्नो दल सरकारमा सहभागी नहुने त्यसका लागि सविधान संशोधनको प्रकृयालाई अगाडी बढाउनै पर्ने अडान दोहोर्याउनु भएको थियो । राजपा नेपालका नेताहरुले सविधान संशोधनका साथै नागरिकताका विषयमा पनि कुरा उठाएका थिए । अंगिकृत र जन्मसिद्ध नागरिकताधारीका सन्तानले हालसम्म नागरिकता नपाएको गुनासो नेताहरुले गर्नुभएको थियो ।

सविधानमा व्यवस्था भएपनि सरकारले नागरिकता दिन आनाकानी गरेको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले नागरिकताको विषयमा तत्कालै सर्कूलर गर्ने आश्वासन दिनु भएको राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले बताउनु भयो ।

प्रधानमन्त्री अ‍ोलीले नागरिकताको विषयमा सर्कुलर जारी गर्नुको साथै सविधान संशोधनको विषयलाई चाँडै अगाडी बढाउने पनि आश्वासन दिनु भएको अध्यक्ष झाले बताउनुभयो ।

मधेशका लागि जनसँख्याको आधारमा वजेट विनियोजन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको बताउँदै अध्यक्ष झाले सरकारले ल्याएको नीति तथा कार्यक्रम समावेशी नभएको कुरा पनि राखेको बताउनुभयो ।

सबभन्दा ठूलो जनसँख्या भएको मधेशको अवस्था जर्जर अवस्थामा छ, माओवादीको द्धन्ददेखि २०६३ सालदेखि लगातार आन्दोलन भइरहेको हुनाले मधेशको अवस्था आर्थिक रुपमा निकै खराब छ, विकास कार्यहरु सबै ठप्प छ, त्यसैले मधेशका लागि विशेष वजेटको व्यवस्था गर्न प्रधानमनत्री ओलीलाई ध्यानाकर्षण गराएको बताउनु भयो ।

जनसँख्याको आाधरमा वजेट दिनुपर्ने ध्यानाकर्षण गराउँदै सिँचाईको पनि प्रयाप्त व्यवस्था गर्न ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो । चुरे क्षेत्र संरक्षण, वन क्षेत्रलाई नाश हुनबाट जोगाउन पर्याप्त बजेटको व्यवस्था गर्न पनि माग गर्नुको साथै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि विशेष ध्यान दिन ध्यानाकर्षण गराएको अध्यक्ष झाले बताउनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..