» » उपेन्द्र यादवले भन्नुभयो, सरकारले नीति तथा कार्यक्रम ल्याउँदा हामीलाई सोधेन

कैलाली, जेठ ८ गते । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफुहरुसँग कुनै परामर्श र छलफल नै नगरेको गुनासो गर्नुभएको छ ।

संघीय समाजवादी फोरम कैलाली जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले
सरकारमा नगए पनि ओली नेतृत्वको सरकारलाई समर्थन गरेका यादवले सहयोगी दलहरुको पनि परामर्श लिनुपर्ने बताउँनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले सहयोगी दलहरुको परामर्श नै नचाहेको हो भने केही भन्नु छैन, तर हामीहरुलाई एक शब्द पनि नीति तथा कार्यक्रमका बारेमा सोधिएन’

 उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेका बताउनुभयो ।

 ‘नीति तथा कार्यक्रममा हाम्रो पार्टीको समर्थन छ तर सल्लाह गरेको भए यो भन्दानी राम्रो गर्न सकिन्थ्यो ।’ उहाँले नीति तथा कार्याक्रममा आएका कुराहरु एकदमै बढी महत्वाकांक्षी भएकाले तीनको कार्यान्वयनमा भने चुनौती रहेको बताउनुभयो ।

 ‘नीति तथा कार्यक्रममा एकदमै महत्वाकांक्षी कुराहरु आएका छन, ती कार्यान्वयन पनि ध्यान दियो भने त राम्रै हुन्छ, तर कार्यान्वयनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।

एमाले र माओवादी केन्द्रको मीलन देशकालागि राम्रो भएको बताउँदै उहाँले भन्नुभयो,  ‘हामी त देश स्थिरता तर्फ जाओस, पार्टीहरु फुटमा होइन जुटमा जानुपर्छ भन्नेमा थियौं, हामीले दुई पार्टीको एकीकरण पनि सकारात्मक रुपमा लिएका छौं ।’

 अध्यक्ष यादवले आफुहरुको सिद्धान्त नै नमिल्ने भएकाले अहिले बनेको नेकपासँग एकीकरणको भने कुनै सम्भावना नै नरहेको बताउनुभयो ।

देशमा संघीयता आएपनि अहिले संघले प्रदेश र स्थानीय सरकारलाई अधिकार विहीन बनाइरहेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘भन्नका लागि संघीयता भन्ने तर संविधानमै प्रदेश र स्थानीय तहलाई अधिकार विहीन बनाउने खेल खेलिएको छ, यसैले संघीयता बलियो बनाउन संविधान संसोधन गरेरै भएपनि स्थानीय र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..