» » मातृका यादव थप उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं जेठ ६ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।  

केही दिनदेखि अस्वस्थ्य भएपछि नर्भिक अस्पतालमा उपचार गराई रहनु भएका मन्त्री यादवले थप उपचारका लागि आइतवार थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । 

उहाँका स्वकीय सचिव सन्तोष विष्टका अनुसार नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका यादवलाई डाक्टरहरुको सल्लाहमा थप उपचारको लागि थाइल्याण्ड पठाइएको छ । 

उहाँ नासाको समस्याबाट पीडित हुनुहुन्छ । टाउकोको पछाडीको भाग र कम्मर दुख्ने गरेको छ । 

मन्त्री यादवको साथमा उपचारको लागि नेपालबाट उहाँको श्रीमती जानुभएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..