जनकपुर वैशाख २० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुरको भ्रमणमा आउन लाग्नु भएको छ ।
उहाँको स्वागतको तयारीमा प्रदेश र स्थानीय सरकार युद्धस्तरमा लागेको छ ।
वाह्रविघामा मञ्च बनाउने काम धमाधम भइरहेको छ भने सरसफाई तथा रंगरोगन तथा सडकममर्तको काम पनि द्रुतगतिमा चलिरहेको छ ।
यसैबीचमा राष्ट्रिय जनता पार्टीका सचिव एवं प्रदेश २ का सांसद उपेन्द्र महतोले आफ्नो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दीरमा पूजा गर्न थालेपछि उहाँको दीर्घायुका लागि आआफ्नो घरमा शंख बजाएर स्वागत गर्न अपिल गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण प्रचार प्रसार समितिको तर्फबाट उहाँले फेसबुकमा यस्तो लेख्नुभएको छ, -भारतीय प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदी जी जानकी मन्दीरमा पुजा गरिरहँदा समस्त जनकपुर लगायत प्रदेश नं २ बासीलाई मठ, मन्दीर र आ-आफ्नो घरमा रहेको शंख र घण्टी बजाई, महजिद, गुरुद्वारा, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा प्रार्थना गरी मा. नरेन्द्र मोदी ज्यूको दीर्घायु र शु-स्वास्थ्य, नेपाल भारतको सुमधुर सम्बन्धको कामना लगाय प्रदेश नं २ को बिकाश र समृद्धिको कामना गर्न आग्रह गर्दछौं।

No comments: