» » प्रदेशका कृषिमन्त्री साहले भेट्नुभयो केन्द्रका कृषिमन्त्रीलाई

काठमाडौ जेठ ६–प्रदेश २ का भूमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्रदेव खनालसँग प्रदेश २ को कृषि अवस्थाको बारेमा छलफल गर्नुभएको छ ।

मन्त्री साहले सिहदरवारस्थित मन्त्रालयमा गएर मन्त्री खनाललाई भेटेर छलफल गर्नुभएको छ ।



प्रदेश २ कृषिका लागि मुख्य क्षेत्र हो, सबभन्दा बढी सम्भावना भनेको प्रदेश नै कृषि हो, यही प्रदेशको कृषिले देशको अर्थतन्त्र धान्न सकिने अवस्था हुँदा हुँदै त्यहाँ थुप्रै समस्या रहेको र त्यसको बारेमा मन्त्री साहले मन्त्री खनाललाई अवगत गराउनुभयो ।

मन्त्री साहको कुरा सुनिसकेपछि मन्त्री खनालले प्रदेश २ का लागि कृषिमा विशेष प्याकेज दिएर सो प्रदेशलाई आत्मनिर्भर बनाउने आश्वासन दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..