» » विकासका पूर्वाधार सडक र बत्ती

बर्दिबास जेठ ६ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उर्जा र सडकको विकासले समृद्धिको मार्ग खुलाउने बताउनुभयो ।
कुनै पनि विकासको पूर्वाधार नै सडक र बत्ती हो, यो विना विकासको कल्पना समेत गर्न नसकिने उहाँले बताउनुयभो ।
त्यस्तै, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल  पाँच वर्षभित्र गाउँदेखि शहर सबैतिर सडक र उर्जालाई उच्च प्राथमिकतामा राखी विकास गर्ने बताउनु भएको छ ।
उहाँले प्रदेश २ को विकास भए मात्र देशको विकास हुने दावी गर्दै उहाँले त्यसका लागि सबै संयन्त्र इमान्दारीका साथ लाग्नुपर्ने बताउनुभयो ।

भौतिक मन्त्रालयको आयोजनामा भौतिक पूर्वाधार सम्बन्धि गोष्ठी कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा विभिन्न विज्ञहरुले आआफ्नो धारणा राख्नुभयो । कार्यक्रममा सडक तथा योजना विभागका प्रमुखहरु सडक सम्बन्धि भैरहेको कार्य तथा योजना प्रस्तुत गरे, कार्यक्रममा हरिवंश झा, जय निशान्त, श्याम खरेल, गोपाल सिग्देल , कुमार थापा, राजु श्रेष्ठ, तुल्सी सिटौला, सन्जय ढुङेल र भौतिक पुर्वाधार सचिव कौशल किशोर झा समेत कार्यक्रम सहभागी हुनुहुन्थ्यो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..