» » के के भयो फोरम केन्द्रिय समितिको बैठकमा ?


काठमाडौ वैशाख २० गते । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक दुई दिन काठमाडौको ओम शान्ति पार्टी प्यालेसमा चलिरहेको छ ।

पहिलो दिनको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल भयो र त्यो सर्वसम्मतिले पास भयो भने आजको बैठकमा सांगठनिक प्रतिवेदन पेस भएको छ । त्यसमाथि छलफल जारी रहेको छ ।

सांगठनिक प्रतिवेदनमाथि आज २६ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको छ ।
संघीय संरचना अनुसार पार्टीको संरचना बनाउनु पर्ने सबैले सुझाव दिनुभएको छ । वडा, गाउँ, नगर, उपमहानगरपालिका, महानगरपालिका तथा जिल्ला समितिलाई चुस्त दुरुस्त बनाउन सबैले सुझाव दिनुभएको छ ।

फोरम नेपालमा विभिन्न दल छाडेर आएका नेता तथा दलमै रहेका अन्य नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । उहाँहरुलाई केन्द्रीय समितिमा विभिन्न जिम्मेवारी दिएको छ ।

प्रस्तावित जिम्मेवारी अनुसार अभिषेश प्रताप शाह छाडेर काँग्रेसमा गएपछि उहाँको सहमहासचिव पद प्रकाश अधिकारीलाई दिने भएको छ ।

त्यस्तै पार्टीका सचिव रहनु भएका अजम्बरले पार्टी छाडेर गएपछि त्यो ठाउँमा इस्तियार राइनलाई राखिने प्रस्ताव गरिएको छ ।

त्यस्तै राजनीतिक समितिमा पनि पाँच जनालाई राख्ने प्रस्ताव गरेको छ ।
प्रस्तावितहरुः
-रमेशबाबु श्रेष्ठ
-कैलाश यादव
-प्रविण चामलिगं
-नवराज दाहाल
-मंगलप्रसाद गुप्ता

त्यस्तै सल्लाहकार समितिमा प्रस्तावित नामहरुः
-महेन्द्र सुन्दर लावती
-राजेन्द्र साह
-ध्रुव सुव्वा
-इन्द्र विक
-शिवचन्द्र मिश्र
-शिवकुमार डंगोल

केन्द्रीय सदस्यमा प्रस्तावित नामहरुः
-प्रमिला यादव
-भिमराज यादव
-उमाशंकर अलगरिया
-महेन्द्र चौधरी
-हरिनारायण कामती
-इन्दिरा साह
-राजेश लोहनी
-डा.सुरेन्द्र यादव
-शैलेश चौधरी
-रामदिनेश साह
-अशोक यादव
-अनिल तुलाधर
-लक्ष्मीकुमारी महतो
-हेमचन्द्र साह
-टीकाराम कँडेल
-शंकर बसेल
-मोहन बराइली
-तारा सिंह विश्वकर्मा
-हरिदेव राइ
-वकिल मुसलमान
-दीपक कार्की
-विमल श्रीवास्तव
-कमला विश्वकर्मा
-रामाकान्त यादव
-भिम थापा
-कौशलकुमार सिंह
-कृष्णकुमार राइ

त्यस्तै पाँचजनालाई वैकल्पिक केन्द्रीय सदस्यमा पनि प्रस्ताव गरेको छ 
नाम यसप्रकार छन्ः
-तिलक सल्यानी
-सुनिल विक
-ओमप्रकाश

बैठक भोली पनि बस्नेछ र

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..