» » विद्यालयलाई सेनाले गरे शौचालय हस्तान्तरण

मनिष गुप्ता
कपिलवस्तु १ गते । नेपाली सेनाले बनाएको शौचालय बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

श्री राम गोरखा उ.मा.बिद्यालयमा शौचालयको अभाव भएको हुनाले नेपाली सेनाले  शौचालय बनाई नयाँ वर्षको सुखद अवसरमा तीन कोठे शौचालय बिद्यालयलाई हस्तान्तरण गरिएको जनाईएको छ ।

तीन लाख ५० हजार पर्ने तीन कोठे शौचालयमा ४० हजार बराबर समग्रीको सहयोग कृष्णनगर न.पा.ले गरेको प्रमुख सेनानी शशी थापाले बताउनुभयो ।

शौचालय प्रमुख सेनानी शशी थापाले श्री राम गोरखा उ.मा.बि.का प्र.आ. प्रदिप कुमार सिंहलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा कृष्णनगर न.प. ९ वडाध्यक्ष राम मिलन चौधरी, समाज सेवि शैलेस प्रताप शाह, निर्भय सिंह तथा बिद्यालयका शिक्षक जंग बहादुर शाही , रामउग्राा चौधरीको उपस्थिति रहेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..