» » सिरहा समाजको अध्यक्षमा विष्णु साह


सिरहा  वैशाख १० गते । सिरहा समाजको अध्यक्षमा विष्णु साह चयन हुनु भएको छ ।

२०३८ सालमा गठन भएको सिरहा समाज सेवाको वैशाख ८ गते सम्मन्न साधारणसभाबाट साहलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि उहाँ समाजको वरिष्ठ उपाध्यक्ष रहनु भएको थियो । काठमाडौमा होटल व्यवसायी गर्दै आउनु भएका साह पार्टीगत हिसाबले संघीय समाजवादी फोरम नेपालमा आवद्ध हुनु हुन्छ ।

सोही पार्टीबाट उहाँ दोस्रो सविधानसभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथमा लड्नु भएको थियो । समाज सेवामा निरन्तर लागि रहनु अध्यक्ष साह लायन्स क्लवमार्फत पनि समाज सेवामा लाग्नु भएको छ ।

 साहको अध्यक्षतामा गठन भएको कार्यसमितिमा निरु कार्की, सुदीप बास्कोटा, शम्भु साह उपाध्यक्षमा चयन हुनु भएको छ भने महासचिवमा मदन कोइराला, सचिवमा प्रविण यादव, कोषाध्यक्षमा जितबहादुर सापकोटा, सहकोषाध्यक्षमा सुमन मिश्र चयन हुनुभएको छ ।


नवनिर्वाचित अध्यक्ष साहले गराएको जानकारीअनुसार सदस्यहरुमा रामनारायण सुनिल, महेश्वर महतो, हिमा दहाल, डा। अनिस झा, रन्जु दास, श्रवणकुमार साह, रामशोभित नायक, अनिल महासेठ, अशोक कुमार झा, अवधेश मण्डल, फूलकुमारी पञ्जियार, विवता दास कर्ण, सीता न्यौपाने र सुधिर सापकोटा रहनु भएको छ । 

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सिरहाको विकास र समृद्धिका लागि आफूबाट कुनै कसर बाँकी नरहने धारणा राख्नु भयो ।

सिरहा पर्यटकीय स्थलको सम्भावना भएको जिल्ला भएको बताउँदै उनले त्यसका लागि धेरै काम गर्न सकिने भन्दै उहाँले आफू प्रतिनिधिसभा सदस्यको हैसियतले त्यो काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।


त्यस्तै, संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवले नेपालको सगरमथा चढ्ने एडमण्ड हिलारी र तेञ्जिङ् दोर्जे शेर्पाले सगरमाथाको चुचरोमा पुग्नका लागि सिरहाको बाटो प्रयोग गरेको दावी गर्नुभयो ।

यस विषयलाई प्रचार–प्रसार गरि पर्यटकीय क्षेत्रमा राम्रो काम गर्न सकिने उहाँले बताउनुभयो । दुई नम्बर प्रदेश सरकारले सगरमाथा चढ्ने बाटोलाई प्रचार प्रसारमा ल्याएर पुनः सोही बाटो प्रयोग गर्नका लागि पर्यटकहरुलाई प्रेरित गर्ने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा उद्योगपति उपेन्द्र महतोले सिरहा विकासको मामलामा सम्भावना भएको जिल्ला हो, इच्छा शक्ति भयो भने त्यहाँ धेरै गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, अरुलाई केही सल्लाह दिनुभन्दा पहिला आफूमा लागु गर्नुपर्ने हुन्छ ।

फलानो ठाउँमा विकास भएन, फलानो ठाउँ धेरै पिछडिएको छ भनि आलोचना गर्नुभन्दा पहिले आफूले त्यस ठाउँका लागि के के गरे त्यो विचार गर्नुपर्छ अनि मात्र विकास हुन्छ ।’

विकास भनेर होइन गरेर हुन्छ भन्दै उहाँले साक्षर दर बढाउनका लागि एक एकजना विद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्न पनि आग्रह गर्नुभयो ।

 कार्यक्रमा राजपा नेपालका सहमहासचिव सुरेश मण्डल, पूर्व प्रहरी आइजीपी उपेन्द्रकान्त आर्याल, प्रदेश २ का सांसद एवं एमाले सिरहाका अध्यक्ष प्रमोद साह, अन्जनीकुमार दास लगायतले शुभकामना दिनु भएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..