» » सलहेशसंग जोडिएको सिरहाको ऐतिहासिक स्थलहरु

मधेश अन्तर्गत पर्ने सिरहा जिल्लामा पनि विभिन्न समुदायको बसोवास छन् । सबैको परम्परा लोकदेवतासँग सम्वन्धित रहेको देखिन्छ । 

यस जिल्लाका लोकगाथाहरुमा सवभन्दा लोकप्रिय सलहेशको लोकगाथा मानिन्छ । यस गाथाको पूरा परिवेश सिरहामै रहेको देखिन्छ । सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन् । सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो । उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए । उनी अहिंसावादी थिए । 

उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए । आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका थिए । उनी सबैको समस्या बुझेर त्यसको समाधान गरिदिन्थे । त्यसकारण उनी सर्वसाधारणबीच लोकप्रिय भए । सलहेश गाथामा वर्णन गरिएको छ । “सलहेश एकै दिनमा मानिकदहमा नुहाउंन ग¥थे, लहानकोे फूलवारीमा फूल टिप्थे, सिलहट आखाडामा कुस्ती खेल्थे, आफ्नो जन्मथलो महिसोथामा कुल देवीको पुजा ग¥थे, र त्यसपछि आफ्नो प्रजाको समस्या सुन्नका लागि कंचनगढ पुगि सबैको पिर मार्का सुन्थे । 

सलहेशगाथा वारेमा मैथली भाषामा यसरी भनिएको छ । – खन खन रहै छी बैलका पहाडमे खन रहैछी सरर वागमे, मानिकदहमे, स्नान करैत छी मागै छी त ह ही मलिनियाँ के खातिर, गठ पकरियामे मैयाके सुमीरै छ ।


कुनै वेला बेलका पहाडतिर हुन्छ (यो पहाड हाल सप्तरी देखि उत्तर उदयपुर जिल्लामा पर्दछ ।) कुनै वेला सरर फूलवारी तिर जान्छ मानिक दहमा नुहाउँछ र त्यसपछि पकरिया गढमा देवीको पूजा गर्दछ । तर यी मानिसहरु देखि भागिरहन्छ । यिनिहरु मलाई छाड्न तयार छैनन् । सलहेश लोकगाथामा जति ठाउँको नाउँ आएको छ जस्तो महिसौथा पकरियागढ, कंचनगढ, तरेगना, मानिकदह, सलहेश फूलवारी, यी सबै ठाउँहरु सिरहा जिल्लामा अधावधि छन् । सिरहा जिल्लामा रहेका सल्हेश गाथासँग सम्वन्धित पूरातात्विक महत्वका स्थलहरु आज पनि ऐतिहासिक बनेर रहेको छ ।


राजमहिसौथा ः सिरहा जिल्लाको अर्को पूरातत्विक स्थल महिसौथा हो । यो ठाउँ सिरहा वजारसँग टाँसिएको उत्तर गाउँमा पर्दछ । सिरहा वजारको केही भागपनि महिसोथा ७ मा पर्दछ । यो ठाउँ सल्हेश लोकगाथासँग सम्वन्धित रहेको जनविश्वास छ । माहिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा डिस्को छ । 

यसै डिस्कोसँगै एउटा ठूलो तलाउ पनि छ । करीव २ विघा ९ कठ्ठाको उक्त पोखरी हेर्दा धेरै पूरानो लाग्दछ । पुरानो गढकै वाँकी भागमा एउटा मन्दिर छ । यस मन्दिरको अस्तित्व ५÷६ सय वर्ष पुरानो देखिन्छ भनी स्थानीय वुढापाकाहरु भन्दछन् । मन्दिरभित्र करीव १० फीट अग्लो हातीमाथि हौठा वनाई सलहेशको मूर्ति छ । छेउमा मोती राम तथा बुद्येश्वर घोडामा सवार छन् । हात्तीको एकातिर दिनामालिनी फुलको डाली लिई उभिएकी छिन् । स्थानीय वासिन्दाहरुको भनाइ अनुसार पहिले त्यहाँ पाँच सात सय वर्ष अघि सल्हेश नामक प्रतापि राजाले राज्य गर्दथे ।

 त्यो स्थान उनले नै स्थापना गरेको हो भनिन्छ । यो पनि भनाइ छ कि सलहेशले आफ्नो वाहुवलले यो इलाका जिति राजा भएपछि यस स्थानमा आफ्नो राजधानी वनाए । यो स्थान गढको भाग्नावशेष हेर्दा ईटाको टुक्राहरु देखिन्छ । यो स्थान अवलोकन गर्नका लागि पूरातत्व विभागको टोली पनि आएको थियो तर आजसम्म यस प्राचिन ठाउँको उत्खनन नगरिएको गुनासो छ ।


पकडियागढ ः यो ऐतिहासिक स्थान सिरहा जिल्लाको महत्वपूर्ण लहान वजार देखि ५ किलोमिटर उत्तर पहाड छेउमा पर्दछ । यस स्थानमा करीव १५०० फीटको गोलाईमा फैलिएको पूरातात्विक स्थल छ । यो ठाउँ प्राचिन समयमा कुनै राजाको गढ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । स्थानीय जनविश्वास अनुसार पकडियाको पूरातात्विक स्थल राजा कुलेश्वरको दरवार थियो । त्यस कारण यदि त्यहा उत्तखनन् गराइयो भने राजाको गद्दी भेटाउन सकिन्छ । गढको वरिपरी इटाले वनेका पर्खालको भग्नावेष रहेको देखिन्छ । 

स्थानीयवासीका अनुसार केहि वर्ष अगाडि त्यस क्षेत्रका १० इन्च लामो र दूइ इन्च मोटाइ भएको केही इटा भेटिएको थियो । गढतिरको छेउ छाउमा इटाका टुक्राहरु प्रशस्त भेटिन्छ । हेर्दा अनुमान गर्न सकिन्छ कि यो ठाउँ कुनै पराक्रमी राजाको गढ हुनसक्छ । गढमा एउटा मन्दिर छ र पोखरीको पूर्व छेउमा एउटा मन्दिर छ । यसै मन्दिरमा राजा सलहेशको पनि उक्त मन्दिरमा भएको एउटा प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको घोडामा सवार भएको एउट प्रतिमा स्थापित छ । राजा सल्हेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ । 

पतारी ः सिरहा जिल्लामा लक्ष्मीपुर गाविस अन्तर्गत पर्ने पतारी पोखरी ऐतिहासिक महत्व भएको स्थल हो । भनिन्छ राजा कुलेश्वरका कान्छा भाई हरिसिंह देवको यहाँ निवास स्थान थियो । हाल यस ठाउँमा हरिसिंह देवको दरवार छ । त्यतिवेला राजा रानीको प्रतिमा रहेको स्थानीय जनविश्वास छ । त्यो प्रतिमा जस्तो त लाग्दैन तर दुइटा कालो ढुङ्गाको पूजा अवश्य गरिन्छ । हेर्दा खेरि उक्त ढुंगा पूरानो लाग्दछ । 

यस ठाउँको दरवारको अगाडि एउटा पुरानो पोखरी छ । सलहेश पूmलवारी मेला हेर्नेहरु पतारी पूगी त्यहाँ नुहाउँछन, छोराछोरी नहुनेले सन्तानको माग गर्दछन् । नियमानुसार सन्तानको इच्छा गर्नेले पतारी पोखरीमा डुबुल्की मारेपछि जे भटिन्छ त्यो वस्तु लिई भिजेकै लुगा सहित भाग्नु पर्दछ । केहि पर पुगेपछि लुगा फेरी घर फकिन्छन् । जन विश्वास रहेको छ कि उक्त पोखरीमा नुहाउनाले सन्तान प्राप्ती हुन्छ । यस ठाउँमा बैशाख २ गते मेला लाग्दछ । यस ठाउँको उत्खनन गराएको खण्डमा केही नयाँ कुरा सबैको सामू आउने छ । 

मानिकदह ः सिरहा जिल्लाको लोकगाथासँग सम्वन्धित अर्को ऐतिहासिक स्थल मानिक दह हो । यो ठाउँ ऐतिहासिक भएपनि यसलई साँस्कृतिक थलोको रुपमा लिइन्छ । सिरहा जिल्लाको लहानदेखि १४ किलो मिटर उत्तर पश्चिम गोविन्दपुर गाविस अन्तर्गत पर्दछ । महिसौथाको सल्हेश मन्दिरदेखि यो दह पूर्व दिशातिर पर्दछ । 

यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेन राजा मनिक सेनले वनाएका भन्छन भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा वताउँछन् । नेपाल एकिकरण भन्दा अघि यो क्षेत्र सेनबंशी राजाको इलाका थियो । यसै दहनिर कतै अम्वरपूर भन्ने ठाउँ थियो । जो पछि सप्तरीको सदरमुकाम कायम गरियो । चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय विताउथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे ।

वर्तमान समयमा त्यस दहको ऐतिहासिकता भन्दा वढी धार्मिक महत्व छ, सिरहा जिल्लामा मान्यता के छ भने लोकनायक सलहेश प्रत्येक दिन मानिकदहमा स्नान गरेर लहान नजिक रहेको राजा फूलवारीमा फूल टिपी महिसौथा आई राजमाता र कमलाजीलाई पूजा ग¥र्थे । यो दहदेखी कतै नजिकै एउटा सफा मण्डप थियो जहाँ राजा सल्हेश सभामा वसेर जनसाधारणको पिरमार्का सुनि समाधान गरि दिन्थे । सलहेश गाथामा यसवारे यसरी वर्णन गरिएको पाइन्छ । 

सलहेश पूmलवारी ः सिरहा जिल्लाको प्राचिनस्थलको रुपमा सल्हेश फूलवारीलाई लिन सकिन्छ । हुन त यस स्थलको मान्यता धार्मिक रुपमा लिइन्छ । जनमानसले यस स्थललाई साँस्कृतिक थलोको रुपमा लिइन्छ । यो ठाउँ लहान नगरपालिकामा अर्थात लहानदेखि पश्चिम राजमार्गवाट दक्षिणमा पर्दछ । “राजा फूलवारी” को नामले प्रसिद्ध यो स्थल निक्कै पुरानो वन जस्तो आभाष हुन्छ । साढे नौं बिघामा फैलिएको उक्त वन राजा सलहेशको फुलवारी थियो भन्ने जन धारणा पाइन्छ ।

यस फूलवारीलाई टाढावाट हेर्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाग्दछ । फूलवारीको मन्दिरमा दुइटा मन्दिर (गहवर देखिन्छ । पहिलो गहवर सलहेश महाराजाको छ भने अर्को छेउमा सानो मालिनी मन्दिर वनाइएको छ । गवहरहरुमा सलहेश र मालिनीको भब्य मूर्ति स्थापित गरिएको छ । 

गवहरका पूजारीले भने अनुसार गहवर पछाडि काँचको इनार थियो र त्यहाँ नदी जस्तै पानी वगेको देखिन्छ । गहवरदेखि नजिकै हारम नामको रुख छ । एउटा अनौठो कुरा के छ भने हारम नामक उक्त रुखको हाँगामा प्रत्येक वर्ष चैत्र मसान्तको दिन एक दिनको लागि त्यसमा एउटा फूल फूल्दछ । 

त्यो फूल हेर्दा माला जस्तो लग्दछ । फेरी २ गते उक्त फूल स्वतः सुकेर जान्छ । यसरी एक्कासी फूल रहित रुपमा फुलको थुंगो उम्रनु र वैशाख १ गते पछि स्वतः सुकेर जानु जस्तो घटना रोमांचक र अविश्वासनीय जस्तो लाग्दछ । तर यो वास्तविकता हो मन्दिरनिर रहेको हारमको रुखको हाँगामा झुण्डिदिन्छन । फूल वनेर उनी आउँछिन र सलहेशको खोजीमा रुन्छिन् । कुसमयमा रुखमा झुण्डिने गरेको फूल स्वयम् आफूमा विचित्र र लोकविश्वास सम्मत रहेको छ । सात सय वर्षदेखि यस प्रकारको परम्परा सलहेश फूलवारीमा रहेको देखिन्छ ।

सलहेश फूलवारीमा उत्खनन गर्ने वस्तु छैन । त्यो एउटा वन हो तर हरेक ऐतिहासिक पूर्व मध्यकाल समयको यो वनमा बैशाख १ गतेका दिन ठूलो मेला लाग्ने गर्दछ भारततिरका लाखौं शद्धालु मेला हेर्न आउँछन् । यस ठाउँलाई पर्यटक केन्द्र वनाउन सकिन्छ ।

सल्हेश फूलवारीदेखि अलि पश्चिम उत्तर कुनामा रहेको एउटा चौलाई सिलहत अखाडा भनिन्छ । भनाइ छ सल्हेश आफ्नो भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग यहाँ कुश्ती खेल्ने ग¥र्थे । वर्तमान समयमा अखडा भन्ने ठाउँमा दूइटा मन्दिर वनेको देखिन्छ । अखाडाको पश्चिमतिर पूर्व मुख गर्ने गरी वनाइएको पहिलो मन्दिरमा छातीमा सवार सलहेशको मूर्ति स्थापित छ । 

यस मूर्तिको देव्रे र दायाँतिर मालिनी रदोना र कुसमाको साना तर आर्कषक मुर्तिहरु छन् । यस अतिरिक्त आखाडाको पूर्वतिर पश्चिममुखि वनाइएको अर्को मन्दिर घोडामा सवार राजा कुलेश्वर र उनका भाइ हरिसिंह देवको मुर्ति स्थापित छ । यो ठाउँलाई जिल्लाको साँस्कृतिक स्थलको रुपमा लिइन्छ । बैशाख १ गतेका दिन आखाडामा पनि मेला लाग्छ । भारतवाट हजारौं तिर्थयात्रीहरु मेला हेर्नका लागि आउँछन् । यस ठाउँलाई पनि पर्यटक स्थलको रुपमा विकसित गर्न सकिन्छ ।

-नवसंग्राम

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..