» » रामपृत पासवानद्वारा अभिभावकत्व ग्रहण

सप्तरी वैशाख १४ गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामपृत पासवान तथा नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य मोहम्मद समिमले आज दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ मूल नाराका साथ सञ्चालित विद्यालय भर्ना अभियानअन्तर्गत आज बिहान सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित बौधीदेवी दलित आधारभूत विद्यालय कचनदाहामा आयोजित कार्यक्रममा पूर्वसांसद पासवानले प्रदीपकुमार मरिक डुमको अभिभावकत्व ग्रहण गर्नुभयो ।

यस्तै प्रदेशसभा सदस्य समिमले अनिताकुमारी, सवनमकुमारी, पविताकुमारी र करिनाकुमारी सदाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक गोसाइँ पासवानले मनिषाकुमारी विश्वकर्माको अभिभावकत्व ग्रहण गर्नुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..