» » सरोज रायको पहलमा पाकिस्तानीले दिए उमेश यादवलाई माफी (भिडियो सहित)


काठमाडौ वैशाख १२ गते । एक पाकिस्तानी हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई पीडित
परिवारले माफी दिएका छन् ।

तराई मधेश राष्ट्रिय परिषद्का सदस्य सरोज राय यादवको पहिलमा त्यो सम्भव भएको हो । साउदीमा उमेश यादवलाई मृत्युदण्ड सुनाए पछि सरोज राय यादव बचाउनका लागि पहल थाल्नु भएको थियो ।

नेपालमा उहाँले त्यससँग सम्बन्धित सरोकारबालादेखि लिएर अन्य निकायमा उमेश बचाउका लागि प्रयास गर्नुभयो । परराष्ट्र मन्त्रालय, श्रम रोजगोर, पाकिस्तानी दुतावासलगायत विभिन्न ठाउँमा उहाँले पहलका लागि दौडधुप गर्नुभयो ।

त्यसैका लागि पीडित पाकिस्तानीलाई भेट्न उहाँ पाकिस्तान पनि जानु भयो । त्यहाँ गएर उहाँले विभिन्न सरोकारबाला व्यक्तिहरुलाई भेट गरि पीडित परिवारलाई समेत भेट्नु भयो । भेटमा उहाँले उमेश यादवको बारेमा सबै कुरा सुनाएपछि माफी दिने घोषणा गर्नुभयो ।

यी सबै काम सरोज राय यादवका कारण मात्र सम्भव भएको छ ।

२०६२ सालमा वैदेशिक रोजगारमा जानु भएका  उमेश र त्यही काम गर्ने मोहम्मद वाजिरसँग झडप भएको थियो । झडपमा वाजिरको मृत्यु भएको थियो ।

वाजिरको मृत्युपछि उमेशलाई साउदीको जुबैल जेलमा राख्यो । सो घटनामा मुछिएका दिनेश यादव पनि पक्राउ परेका थिए तर छ महिनापछि रिहा भएर घर फर्किनु भयो ।

२०६७ मा अदालतमा भएको एक फैसलाले उमेश यादवलाई मृत्यु दण्ड दिएको थियो । धनुषा कमलामाई नगरपालिकाका उमेश यादवलाई मृत्युदण्ड दिएपछि साउदीका प्रशासनले त्यहाँका नेपाली दुतावाससँग उनको बारेमा थप जानकारी माग गरेको थियो ।

दुतावासले उमेश यादवको बारेमा विस्तृत जानकारी उपलब्ध गराउनुको साथै त्यसको बचाउनमा तत्कालिन नेपाली राजदूत उदयराज पाण्डे लाग्नु भएको थियो । उमेश बचाउन अभियानमा लागेका सरोज राय यादवका अनुसार राजदूत पाण्डेको पहलमा पीडित परिवार ९पाकिस्तानी० ले मृत्युदण्डबाट माफी दिन तयार भएका थिए ।

र त्यसैको पहलका लागि उहाँ पाकिस्तान पुग्नुभएको हो ।

यद्यपि उहाँलाई माफी दिए पनि पीडित परिवारले ब्लडमनी ९क्षतिपूर्ति० माग गरेको हुनुपर्छ  । यो कुरा सरोज यादवले खुलाउनु भएको छैन । तर, पैसाको आवश्यक पर्छ र त्यसका लागि नेपालीले सहयोग गर्नुपर्छ भनि आह्वान पनि गनुृभएको छ ।

फोटो र भिडियोः सरोज राय यादव

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..