जनकपुर चैत १२ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहले पैसा ठग्नुको साथै यौन शोषण गरेको भन्दै स्वास्थ्यकर्मी निशा झाले आज प्रदेश सभाको गेटमा सो दलका महसचिव एवं सांद मनिष सुमनलाई न्याय दिलाउनु आग्रह गर्नुभयो ।
चैत ८ गते प्रहरी कार्यालयमा उजुरी दिनुभएका निशा झाले अझै न्याय नपाएको भन्दै आफ्ना दलका नेतालाई कारवाही गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै निशा झाले मनिष सुमनलाई रोकेर हातमा बोकेको कागजको पन्ना देखाउँदै न्यायका लागि गुहार गर्नुभएको थियो ।
रमन सिंहले सरुवा गराइदिन्छु भन्दै आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको निशाले सुमनलाई जानकारी गराउनुभएको थियो ।
ठगीको आरोपमा उहाँ डेढ वर्ष जेल पर्नुभएको थियो । जेलबाट छुटेपछि पहिला नै चिनजान भएका रमन सिंहले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं लगेर दुर्व्यहार र शोषण गरेको दावी गर्नुभयो ।
सांसदहरुले निशलाई तपाई न्याय पाउनुहुन्छ भन्नुभयो तर उहाँलाई चित्त बुझेन र जोडजोडले कराउन थाल्नुभयो ।
निशाले कराएर बोल्न थालेपछि मनिष सुमनले पनि तरुन्तै न्याय दिउँ ? माओवादी हौं र हामी ? विधिसम्वत रुपमा न्याय दिन्छौं भन्नुभयो ।
यो पनि पढ्नु्स्
सरुवाको नाममा रकम लेनदेन र यौन शोषणः कसरी मुछिनुभयो राजेन्द्र महतो ?

No comments: