» » प्रमुख सचेतकमा शैलेन्द्र यादव

जनकपुर, चैत १२ गते । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ ।

सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएकोबारे प्रदेशसभा सचिवालयलाई  हिजो जानकारी गराइएको बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..