» » सरुवाको नाममा रकम लेनदेन र यौन शोषणः कसरी मुछिनुभयो राजेन्द्र महतो ?



काठमाडौ चैत १०  गते –राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री राजेन्द्र महतोलाई भनेर सरुवा गराई दिन्छु भनि सोही दलका एकजना केन्द्रीय सदस्यले एउटा स्वास्थ्यकर्मी महिलालाई काठमाडौ ल्याएर यौन शोषण गरेको भनि प्रहरीमा उजुरी परेको छ ।


स्वास्थ्य क्षेत्रमा काम गर्ने निशा झा नाम गरेकी महिलालाई राजपा नेपालका केन्द्रीय सदस्य रमन सिंह (जनकपुर) ले पुस २४ गते काठमाडौ ल्याएर ११ दिनसम्म काठमाडौको फरक फरक दुईटा होटलमा राख्नुभयो । उहाँलाई विभिन्न प्रलोभन देखाई यौन शोषण गर्नुभएको दावी गरिएको छ ।

निशा झाले सहारा टाइम्ससँग भन्नुभयो, ११–१२ दिनसम्म काठमाडौमा राखेर प्रत्येक दिन मेरो इज्जतसँग रमनले खेलबार गर्नुभयो । इज्जतसँग खेलबार मात्र होइन, सरुवा गराई दिने भनि एकलाख भन्दा बढी रकम पनि ठग्नुभयो तर न उहाँले सरुवा गराउन सक्नुभयो न मेरो पैसा नै फिर्ता दिनुभयो ।’


रमन सिंहले राजेन्द्र महतोसँग तीन दिन भेटाउनु भएको दावी गर्दै निशाले भन्नुभयो, तीन दिन राजेन्द्र महतोलाई उहाँको घरमा भेटे भने एक दिन उहाँको पार्टी कार्यालयमा भेटे । रमनसँग गएर राजेन्द्र महतोलाई भेट्दा धेरै नेताले देख्नुभयो । सो पार्टीका सचिव राजाराम पासवानलाई त राम्रोसँग थाह छ ।’

उहाँले भन्नुभयो, अहिले म समस्यामा परेको छु । राजेन्द्र महतोलाई पटक पटक सम्पर्क गर्ने प्रयास गरिरहेको छु तर उहाँले फोन उठाउनु भएको छैन ।


तर, रमन सिंहको दावी छ आफूले निशालाई राजेन्द्र महतोसँग भेटाएको छैन । उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, म अध्यक्षजीको निवासमा भएको बेला निशाजीले मलाई फोन गर्नुभयो । मलाई सोध्नुभयो कहाँ हुनुहुन्छ । मैले भने, अध्यक्षजीको घरमा छु । यति भने पछि उहाँ आफै आउनुभयो र मलाई सरुवाको बारेमा अध्यक्षजीसँग कुरा गर्न भन्नुभयो । मैले लिएर गएको होइन ।’


यौन शोषण र रकम समेत लिनु भयो तर आफ्नो सरुवा नगराई दिएको झोकमा निशाले रमनको विरुद्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ । विभिन्न लोभ, लालच दिएर शारिरीक सम्बन्ध बनाउन बाध्य पारेको आरोप लगाउँदै निशाले भन्नुभयो, मलाई न्याय चाहियो ।’


हुनत निशाले उजुरी दिनुभन्दा पहिले रमनले नै निशामाथि पैसा ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । रमनको आरोप छ कि निशाले आफ्नो ६ लाख रुपियाँ लिनुभएको छ ।


धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत निशा झाले नेता सिंहमाथि यौन शोषण र रकम लेनदेनको आरोपमा उजुरी गर्दै कारवाहीको माग गर्नुभएको छ ।


आफूलाई राजपा नेपालका केन्द्रिय सदस्य र केयर सोसाइटीका अफ नेपालकाका अध्यक्ष भनि परिचय गराएका रमनलाई आफूले सरुवा गराई दिन आग्रह गर्दा उहाँले आफू जुनसुकै काम गराउन सक्छु, सरुवा गराउने कुरा कुनै ठूलो कुरो होइन मेरो दाहिने हातको खेल हो राजेन्द्र महतो मेरो अत्यन्तै नजिकका व्यक्ति हुन मैले भनेपछि उहाँ जेपनि गर्नुहुन्छ भनि भनेको कुरा उजुरीमा उल्लेख गर्नुभएको छ ।


रमनले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग भेटाउन लागि आफूलाई काठमाडौ ल्याएको उजुरीमा उल्लेख गर्दै महतोको निवासमा तीन पटक लगेर भेटाएको भन्दै निशाले भन्नुभयो, राजेन्द्र महतोले पैसाको कुनै कुरा गर्नुभएन । उहाँलाई बरु मैले नै पैसा लिएर भएपनि सरुवा गराई दिनुहोस् भन्दा उहाँले रिसाउनुभयो र भन्नुभयो, पैसाले सरुवा हुँदैन ।’


यो कुरा रमनले पनि भन्नुभयो कि निशाले राजेन्द्र महतोसँगको भेटमा पैसा लिएर सरुवा गराई दिनुस् भन्नुभएको थियो ।


अध्यक्ष महतोले पनि सरुवा गराई दिने आश्वासन दिनुभएको थियो । सरुवाको काम लिएर काठमाडौमा केही दिन लाग्ने भएर सरुवाका लागि लागि रमनलाई एकलाख ३७ हजार रुपियाँ दिएको दावी गर्नुभयो । तर, रमन भन्नुहुन्छ, निशाको एक पैसा पनि मैले लिएको छैन ।’


सरुवाको लालच दिएर रमनले काठमाडौको गौशालास्थित रोजस्टार लज भन्ने होटलमा पुस २५ गतेदेखि माघ चार गतेसम्म राखेको उल्लेख गर्दै सरुवाको लोभ देखाउँदै विभिन्न परिबन्द्धमा पारी पटक पटक यौन शोषण गरेको दावी उहाँले उजुरीमा गर्नुभएको छ ।


अध्यक्ष महतोले एक महिनापछि आउनु भन्नुभएको छ भन्दै रमनले जनकपुर जाउँ भनेर बर्दिवासमा लगेर नबोबुद्ध होटलमा राती राखेर यौन शोषण गरेको दावी निशाले गर्नुभएको छ । यौनशोषण गर्दा रमनले धम्की दिन्नु हुन्थ्यो कि कि यो कुरा कसैलाई भनिस् भने तेरो जागिर पनि खाइ दिन्छु र ज्यान पनि मारिदिन्छु भनि धम्की दिनुभएको कुरा निशाले उजुरीमा उल्लेख गर्नुभएको छ ।


बर्दिवासबाट लगेर आफूलाई जनकपुरको वेलकम होटलमा रमनले राख्नुभएको उल्लेख गर्दै निशाले भन्नुभयो, वेलकम होटलमा दिनभरि मसँग हुन्थ्यो र साँझमा जानुहुन्थ्यो ।


 हुन त उहाँ साँझमा पनि मसँगै सुत्न चाहनु हुन्थ्यो तर मैले जवर्जस्ती भगाउँथे ।’ वेलकम होटलमा मसँग खेलबार गरेको भिडियो आफूसँग सुरक्षित रहेको दावी गर्दै निशाले मार्केटिङ्गका लागि भनि भारतको जयनगर लग्नुभयो । त्यहाँ पनि एकरात राजस्थान होटलमा राखेर जबर्जस्ती यौन शोषण गर्नुभयो ।’


पछि त रमनले श्रीमती नै बनाउँछु भनि पटक पटक भन्नुभएको दावी गर्दै निशाले भन्नुभयो, उहाँले श्रीमती बनाउँछु भन्नुभएको कुरा मसँग रेकर्ड छ । आवश्यक पर्यो भने सार्वजनिक गर्छु ।’
अहिले पनि रमनले आफूलाई पटक पटक फोन गरि शारिरीक सम्बन्ध राख्न दिनका लागि दवाव दिइरहेको निशाले दावी गर्नुभयो ।


तर, निशाले जेजति आरोप लगाउनु भएको छ ती सबै गलत रहेको दावी रमनको छ ।  निशाले आफ्नो ६ लाख रुपियाँ खाइ दिनुभएको र त्यो रकम माग्दा यी सबै आरोप लगाएको रमनको दावी छ । निशा यसअघि एक वर्ष एउटा ठगीको मुद्दामा डेढ वर्ष जेल बस्नुभएको रमनले बताउँनुहुन्छ ।

डेढवर्षसम्म जेल बस्ने महिला कसरी र कुन जागिर खान्छन् आफै भन्नुस्, रमनले भन्नुभयो, यस्तै यस्तै ठगीको आरोपमा छ महिनासम्म जेलमा हुनुहुन्थ्यो । त्यही बेला उहाँको जागिर समाप्त भयो कुनै सरुवा वा केही छैन । उहाँ पैसा ठग्नका लागि यी सब नाटक गर्नुभएको हो ।’

यदि आफ्ना ६ लाख रुपियाँ चाहिदैन तिमी नै राख यदि मैले भन्यो भने निशाले सबै मुद्दा फिर्ता लिनुहुन्छ, उहाँले मेरो मात्र होइन, भारतदेखि नेपालसम्म धेरै केटाहरुको पैसा ठगेर खानुभयो, रमनले भन्नुभयो, राजविराजमा पनि थुप्रैको पैसा खाएर भाग्नुभएको छ । इण्डियामा पनि धेरैको ठगेर भाग्नुभएको छ । यता जनकपुरमा पनि थुप्रैको रकम लुट्नु भएको छ । नयाँ नयाँ केटालाई फँसाउने र रकम ठग्ने निशाको काम नै हो ।’

डेढ वर्षसम्म जेल बसेको कुरा निशाले पनि स्वीकार गर्नुभयो । उहाँ भन्नुहुन्छ, ठगीको मुद्दामा मलाई त्यसबेला फँसाएको र त्यो स्वीकार गरि जेल बसेको थिए । मैले कसैको पैसा खाएको छैन, यदि मैले कसेको खाएको छ भने प्रमाण दिनु पर्यो । मैले कसैलाई ठगेको छु भने त्यसको प्रमाण रमनले पेस गर्नुपर्यो । रमनले मेरो इज्जतसँग खेलवार गरेको तथा पैसा पनि खाएको प्रमाण मसँग छ ।

 आवश्यक पर्यो भने म पेस गर्न तयार छु तर रमनले पनि ममाथि लगाएको आरोप पुष्टि गर्नुपर्यो । अहिले पनि मलाई फोन गरेर फलानो ठाउँ आइजा भनि शारिरीक सम्बन्धका लागि दवाव दिनुहुन्छ चाहिन्छ भने म प्रमाण दिन्छु ।’

सप्तरी निवासी निशा झाको विहे भारतमा भएको छ तर उहाँ जागिरका लागि नेपालमै बस्छिन् । उहाँका श्रीमान मनोज झाले रुवी झासँग पनि विहे गर्नुभएको छ ।

श्रीमानलाई छाडेर जनकपुरमा बस्दै आएकी निशाको अन्य केटाहरुसँग पनि सम्बन्ध रहेको र जनकपुरमा पनि थुप्रैको रकम ठगेको आरोप रमनको छ । अरु अरुको पैसा ठगेको प्रमाण आफूसँग रहेको रमनको दावी छ ।

सरुवा गराई दिन्छु भनेर लाख भन्दा बढी पैसा पनि लिए र इज्जतसँग खेलबार पनि गरेको बताउँदै निशाले पुसदेखि लगातार आफूसँग रमनले शारिरीक सम्बन्ध राखेको र विहे गर्न समेत आवश्वासन दिएको तर अहिले पैसा पचाउनका लागि आफूमाथि विभिन्न आरोपहरु लगाउने गरेको भन्दै निशाले रमनलाई कारवाही गर्नुपर्ने भन्दै प्रहरीमा पटक पटक सम्पर्क गरिरहनु भएको छ ।

माघ ४ गते नमोबुद्ध होटेलको रुम नम्बर २०५ मा बसेका रमनले निशासँगको सम्बन्धलाई श्रीमान श्रीमती उल्लेख गर्नुभएको छ भने पेशामा राजनीतिक उल्लेख गर्नुभएको छ । ठेगानमा राजविराज लेख्नुभएको छ जब कि रमन जकपुरका हुनुहुन्छ । तर, रमन भन्नुहुन्छ, त्यो पुरै गलत बील हो त्यो दिन आफू त्यहाँ बसेको छैन । यदि म त्यहाँ बसेको भए जनकपुरको सट्टा राजविराज किन लेख्थे । निशाले मेरो छलाख रुपियाँ पचाउनका लागि यी सब नाटक गरिरहनु भएको छ ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..