» » के गर्दैछन् चीन भ्रमणमा गएका फोरम नेपालका नेताहरु ? (फोटो फिचर)

काठमाडौ चैत १२ गते । चीनको भ्रमणमा गएका संघीय समाजवादी फोरम नेपालका नेताहरुले आज चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गरेका छन् ।

भेटघाटमा दुई देशबीचको राजनीतिक अवस्था तथा समाजिक आर्थिक विषयमा कुराकानी भएको फोरम नेपालका पर्सा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताउनुभयो । दुई देश बीच रहेको सम्बन्धलाई अझै बलियो र समृद्ध बनाउँदै विकास कार्यमा सहकार्य गर्ने धारणा चिनियाँ कम्युनिष्ट पार्टीका नेताले राख्नुभएको बताइएको छ ।

त्यसैगरि, सो टोलीले गुन्जायाहु शहरको एउटा वस्तीमा गएर कमन मनसियन कम्युनिटीलाई समेत अवलोकन गरेकाा छन् ।

१० हजार जनसँख्या रहेको सो वस्तीमाको विकास हेर्दा नेपालबाट जानु भएका फोरम नेपालका नेता तथा प्रतिनिधि तथा प्रदेशसभा सांसदहरु आश्चर्यचकित हुनुभयो ।

स्थानीय व्यक्तिको विकास, युवालाई रोजगार, असहाय, बुढापाकालाई सीपमुलक तालिम दिएर रोजगार समेत दिएको छ । साथै, उनीहरुको बास, खाना, औषधी उपचारलगायतका हरेक व्यवस्था गरिएको देख्दा नेपाल सरकारले यस्तो किन गर्न नसकिएको होला आफूलाई लागेको प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताउनुभयो ।

चीनका जनताले चिनियाँ कम्युनिष्ट पार्टी किन यस्तो विश्वास गर्छन् किन यस्तो माया गर्छन् भन्ने कुरा आज थाह पाएको भन्दै प्रदीप यादवले नेपालमा पनि यस्तो गर्न सकिन्छ त्यसका लागि इच्छा शक्ति हुनुपर्ने बताउनुभयो ।

१० हजार जनसँख्या रहेको सो वस्तीमा २४० जनाले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य रहेका छन् ।
पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रेणु यादवको नेतृत्वमा सो टोली हिजो राती चीनतर्फ प्रस्थान गरेका थिए । सात दिनको भ्रमण रहेको छ ।

चीनको होग रोडस्थित बैयुन होटलमा नेपाली भ्रमण टोलीलाई राखिएको छ ।








About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..