» » मध्य मधेश प्रदेश कि मधेश प्रदेश ?

दुई नम्बर प्रदेशमा सरकार गठन भइसकेको छ । मन्त्रीहरु सपथ लिइसकेका छन् । प्रदेश संसदको बैठक पनि शुरु भइसकेको छ तर त्यो प्रदेशको नाम के राख्ने भनि बहस अझै शुरु भएको छैन ।

एक मधेश एक प्रदेशका लागि तीन तीन पटक आन्दोलन भयो तर आन्दोलनले त्यसलाई व्यवस्थित गर्न सकेन । एक मधेश एक प्रदेश मधेशका २० वटा जिल्लालाई जोडेर बनाउनु पर्ने माग उठेको थियो । तर दुई नम्बर प्रदेशमा जम्मा आठवटा जिल्लालाई मिलाएपछि त्यो प्रदेशको नाम के राख्ने त्यस विषयमा अन्योल देखिएको छ । कसैले मधेश प्रदेश भनेको छ भने कसैले मिथिला प्रदेश, कसैले भोजपुरा त कसैले अवध प्रदेश त कसैले मध्ये प्रदेश भनेको छ ।

दुई नम्बर प्रदेशलाई मध्य प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै तराई मधेश राष्ट्रिय परिषद्ले अभियान नै चलाएको छ । मुख्यमन्त्रीदेखि लिएर विभिन्न दलका नेतालाई पनि ज्ञापनपत्र बुझाएर मध्यप्रदेशका लागि दवाव दिएको छ । ज्ञापनपत्र बुझेपछि सकारात्मक धारणा राखेपनि हालसम्म नामको बारेमा कुनै टुगों लागेको छैन । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश संसदीय दलका नेता एवं मन्त्री जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाएको थियो ।

परिषद्का प्रतिनिधि सरोज राय यादव र जयनारायण यादवले बुझाएको ज्ञापनपत्रमा प्रदेश न.२ को नामकरण मध्य मधेश सबै दृष्टिकोणले उपयुक्त हुने भएकाले त्यसका लागि पहल गर्न मुख्य मन्त्रीलाई आग्रह गरिएको छ ।

समग्र मधेशको राष्ट्रिय मुक्ति संघर्ष र वीर मधेशी सहिदहरुको सम्मानसँग सम्बन्धित नभएर समग्र मधेशको राष्ट्रिय मुक्ति संघर्ष र वीर मधेशी सहिदहरुको सम्मान र सपनासँग जोडिएको हुनाले नीतिगत, रणनीतिक र न्यायको हिसाबले पनि यो प्रदेशको नाम मध्य मधेश हुनुपर्ने दावी गरिएको छ ।

‘मध्य मधेशमा मधेश आन्दोलनको आँशिक उपलब्धी र अपुरो मधेश मुक्तिको यात्राको अर्थ निहित छ । र, यसले भविष्यमा पूर्वीय मधेश र पश्चिम मधेशलाई पनि मुक्त गर्नुपर्ने राजनीतिक कार्यदिशा र ऐतिहासिक दायित्वलाई निर्धारित गर्छ । यसले दुई नम्बर प्रदेशलाई अबको मधेश राष्ट्रिय मुक्तिको आन्दोलनको लागि आधार इलाकाको रुपमा विकास गर्ने सम्भावनाको रुपमा प्रस्तुत गर्छ’, ज्ञापन पत्रमा उल्लेख छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..