» » वर्षमान पुनः यसकारण भए गृहमन्त्रीबाट ‘रिजेक्ट’

माओवादी केन्द्रले जेठ १४ मन्त्रीहरुको नाम टुगों लगाएको छ । रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा मन्त्री पठाउने निश्चित भएसँगै कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिएको छ टुगों लागेको छैन ।
यद्यपी पार्टी स्रोत भन्छ, बादल उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवरी लिएर सरकारमा सहभागि हुँदैछन् । गृहमन्त्रीका लागि वर्षमान पुन ‘अनन्त’ पनि दौडमा हुनुहुन्थ्यो ।

 त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आवश्यक दवाव बनाइरहनु भएको थियो । प्रचण्डको किचेन क्याविनेटमध्येका एक अनन्तले गृहमन्त्रीको बाजी मार्ला भने धरैले विश्वास लिएको थियो । तर उहाँ पार्टीभित्र अनावश्यक दवाव बनाएको कारण गृहमन्त्री पदबाट हात धुनु परेको स्रोतहरुको दावी छ । अनन्तलाई प्रचण्ड निकट पनि उहाँले पार्टीमा थुप्रै हरकतहरु गरेको पार्टी निकट स्रोतहरु बताउँछन् ।

प्रचण्डलाई विश्वासमा लिएर पटक पटक राजनीतिक फाइदा लिँदै आउनु भएका अनन्त यसपटक पनि उहाँ त्यही दावमा हुनुहुन्थ्यो । उहाँले आफू मन्त्री नभए आफ्ना श्रीमती ओन्सरी घर्तिलाई सभामुख बनाउनुपर्ने पनि बार्गेनिङ गरिरहनु भएको छ । त्यसबाहेक उहाँ पार्टी एकताको विरुद्धमा मोर्चाबन्दी गरेको, भारतका लागि पार्टीमा लविङ्ग गरेको लगायतका आरोप लाग्ने गरेका छन् । पहिलो कुरा त वर्षमान पुन गृहमन्त्रीको रुपमा सरकारमा सहभागि होस् भनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै नचाहेका स्रोतहरु बताउँछन् । प्रचण्ड र अ‍ोलीबीच भएको कुराकानीमा आनन्त गृहमन्त्रीबाट ‘रिजेक्ट’ भएका हुन् ।


यसअघि ओली प्रधानमन्त्री हुँदा सरकार ढाल्नमा अनन्तको मुख्य भुमिका रहेको कुरा चर्चामा आएको छ । र, यो कुरा प्रधानमन्त्री ओली पनि बुझ्नु भएको छ । सरकार ढाल्नलाई पार्टीमा प्रचण्डलाई बाध्य पार्नेमध्येका मुख्य पात्र अनन्त नै रहेको पार्टीभित्र पनि चर्चा छ । उहाँ आफै सरकारमा थिएन न उनका कोही आफन्त सरकारमा थिए । त्यही भएर सरकार ढाल्नका लागि मधेशवादी दलका नेताहरुसँग कुरा गर्नुको साथै भारतीय पक्षबाट पनि उहाँले दवाव दिन लगाउनु भएको थियो । त्यही भएर प्रधानमन्त्री अ‍ोलीले वर्षमान पुनलाई गृहमन्त्रीमा लिन नरुचाएको स्रोतहरुको दावी छ ।

गुटको राजनीति

माओवादी केन्द्रभित्र प्रचण्डका लागि टाउको दुखाईको पात्रमध्ये एकजना वर्षमान पुन पनि रहेको बताइन्छ । एउटा समूह नारायणकाजी श्रेष्ठको छँदैछ । त्यसलाई प्रचण्डले झेल्दै आउनु भएको थियो । तर, उता वर्षमान पुनले पनि आफ्नै छुट्टै गुट चलाउन थाल्नु भएको छ । प्रचण्डमाथि दवाव बनाइ राख्नका लागि उहाँले पार्टीभित्रका केही नेतालाई च्याप्ने गरेको आरोप लाग्ने गरेको छ । अहिले आएर उहाँको लागि त्यही गुटको राजनीतिक घाँरो भएको छ । पार्टीभित्र गुटको राजनीतिलाई मलजल गरेको आरोप उहाँमाथि लाग्न थालेपछि गृहमन्त्री हात पार्न सक्नुभएन ।

माओवादी केन्द्रभित्र वर्षमान पुनलाई भारतीय पक्षधरको नेता मानिन्छ । उहाँ भारतको इशारामा पार्टीमा गतिविधि गर्ने गरेको आरोप धेरै पहिलादेखि लाग्दै आएको थियो ।

भारतकै निकट रहेको कारण उहाँ पार्टीमा दवदवा बनाउन सफल भएको एक नेताको दावी छ । वर्षमान गृहमन्त्री बनुन् भन्ने चाहना भारतको पनि थियो । भारतको लागि नेपालमा गृहमन्त्रालय मुख्य ठाउँ हो । त्यहाँ लगभग उहाँले आफ्ना निकट मान्छेलाई पठाउने प्रयास गरेका हुन्छन् । गृहमन्त्रालयमा आफ्नो मान्छे भयो भने देशैभरिको सूचना लिन सजिलो हुने र आफ्ना गतिविधिहरु गर्न पाइने भएकाले भारतको पहिलो रोजाई गृहमन्त्रालय नै हुने गरेको स्रोतको दावी छ । त्यो कारणले पनि उहाँ गृहमन्त्री हात पार्न नसकेको स्रोतहरुको दावी छ ।

एकता विरोधी
एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा पार्टीमा सबभन्दा पहिलो उहाँले नै विरोध गरेका थिए । एकता नहोस् भनि पार्टीमा गुटबन्दी पनि गर्नुभएको थियो । यहाँसम्म कि एकतालाई असफल बनाउनका लागि गोप्य बैठकहरु पनि उहाँले गर्नुभयो । जसको सूचना प्रचण्ड समक्ष पनि पुगेको छ । दुई दलबीच एकता नहोस् भन्ने कुरा भारतले पनि चाहेको थियो । त्यसकै इशारामा उनले पार्टीभित्र गतिविधि गरेको आरोप लागेको छ । अहिले आएर त्यही नै अभिसाप भएको पार्टीका नेताहरु बताउँछन् ।

वर्षमान पुन गृहमन्त्री बन्न नसक्नुमा उहाँका श्रीमती ओन्सरी घर्तिमगर पनि एक कारण हो । घर्तिमगर पनि पार्टी भित्रका लडाकु नेतृमा पर्नुहुन्छ । माओवादी केन्द्रमा उहाँको राजनीतिक योगदानलाई नजर अन्दाज गर्न मिल्दैन । युद्धकालमा लडाकु महिलाका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो तर पछिल्लो समय पुनका कारण उनी बदनाम र कमोजर हुँदै जानु भएको छ । श्रीमानको आडमा उहाँ पार्टीमा माथिसम्म पुगेको आरोप उहाँमाथि लाग्ने गरेको छ । उहाँ जस्तै अन्य माहिला पनि पार्टीका लागि लडेका छन् । योगदान दिएका छन् तर उनीहरुलाई सोध्ने खोज्ने पनि कोही नभएको बेला ओन्सारी सभामुखसम्म बन्न भ्याउनु भयो । पार्टीभित्र ओन्सरीलाई वर्षमान पुनका कारण शक्तिशाली महिला मानिन्छ ।

यसले गर्दा वर्षमान पुनको विरोध हुने गरेको छ । उहाँ जहिले पनि आफ्ना श्रीमती ओन्सरीका लागि पार्टीभित्र बार्गेनिङ्ग गरिरहनु हुन्छ । अरुको लागि उहाँ कमै बोलेको आरोप छ । यसपटक पनि उहाँले आफू मन्त्री नभए श्रीमतीलाई सभामुखमा दोहोर्याउने पर्ने प्रस्ताव पार्टीमा राखेको स्रोतहरुको दावी छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..