» » रेशम चौधरीले तोड्नुभयो अनशन






काठमाडौँ, चैत ३ गते । विभिन्न माग राखी १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टी नेपालका नेता रेशम चौधरीले आज आफ्नो अनशन तोड्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाउनु भएको हो ।

कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने लगायत माग राखी अनशन बस्नुभएको थियो ।

अनशन तोडाउँदै गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राजपा नेपालका महासचिव चन्दा चौधरीले जानकारी गराउनुभयो ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राजपा नेपालका नेताहरु बीच छलफल भइरहेको बताउँदै गृहमन्त्री थापाले शपथग्रहणको विषयमा एक दुईदिनमै टुगों लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

१८ दिनदेखि अनसन बसेका चौधरीलाई पूर्ण स्वस्थ्य हुनु दुईचार दिन समय पनि लाग्नेछ ।

नेता चौधरीले टीकापुर घटनाको बारेमा सत्य तथ्य छानविन हुनुपर्छ यदि त्यसमा आफू दोषी निस्किए जस्तो सुकै कारवाही भोग्न तयार रहेको कुरा राख्नुभएको थियो ।
दोषीलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै उहाँले घटनाका बेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताउनुभएको थियो ।

अनशन फिर्ता लिने क्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महासचिव चन्दा चौधरी, निर्जला राउत लगायतका नेताहरु पनि उपस्थित थियो ।

चौधरीको अनशन फिर्ता लिने सम्बन्धमा आज नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्वकमल दाहाल  ‘प्रचण्ड’ ले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरुसँग छलफल गर्नुभएको थियो ।

कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालतमा उपस्थित हुनुभएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..