» » फोरम नेपालले माओवादी केन्द्र र एमालेसँग फेरि कुरा गर्ने



काठमाडौ चैत ४ गते । संघीय समाजवादी फोरम नेपालले सविधान संशोधन र थप मन्त्रालयका लागि सत्तारुढ दलसँग पुनः छलफल गर्ने भएको छ ।

फोरम नेपालले सरकारमा जाने निर्णय गरेपनि सत्तारुढ दलसँग सरकारमा जाने कुरा नमिलेको बताइएको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र एमाले सविधान संशोधनको विषयमा अझै स्पष्ट पारेको छैन, फोरम नेपालका महासचिव रामसहाय यादवले भन्नुभयो, सविधान संशोधन गछौं भन्नुभएको छ तर कसरी गर्ने भन्ने विषय अझै टुग्यांएको छैन ।

सविधान संशोधन कसरी गर्ने कहिलेसम्म गर्ने ती विषयमा टुगों लाग्न बाँकी नै छ । त्यही विषयमा छलफल सत्तारुढ दलसँग छलफल गर्छौ ।’

सविधान संशोधनमा कुरा मिलेपछि मात्र मन्त्रीको विषयमा टुगों लगाउने आज बसेको पदाधिकारी बैठकले गरेको छ ।

शहरी विकास र स्वास्थ्य मन्त्रालय गरी दुईटा मन्त्रालय दिएको छ । एउटा राज्यमन्त्री पनि दिएको छ ।
यस मन्त्रीमा उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ जाने छलफल भएपनि त्यसमा कुरा मिलेको छैन । मन्त्रीमा जानका लागि रेणु यादव, प्रदीप यादव, रामसहाय यादव, इस्तियाक राइनलगायतका आकाँक्षि हुनुहुन्छ ।

मन्त्रीमा राजेन्द्र श्रेष्ठको नाम आएपछि बैठकमा पनि आलोचना भएको छ भने मधेशका जिल्लाहरु पनि त्यसको विरोध र आलोचना शुरु भएको छ । मधेशको मतबाट समानुपातिक सांसद बन्नुभएका राजेन्द्र श्रेष्ठ मन्त्री बन्नुहुँदैन भनि धेरैको मत रहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..