» » उखु किसानसँग प्रदेश सरकारले गर्यो यस्तो सहमति

काठमाडौ चैत १२ गते । आज प्रदेश २ का सरकारका प्रतिनिधि र उखुका किसान तथा उद्योगीबीच आज भएको छलफलमा २०७५ साउन मसान्तसम्ममा सम्पूर्ण बक्यौता रकम दिने सहमति भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादव, कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस्य दिल्ली उप्रेती र उपेन्द्र महतोको बिशेष उपस्थितीमा सो सहमति भएको सांसद उपेन्द्र महतोले जानकारी गराउनुभयो ।

नेपाल सरकारले तोकेको मुल्य अनुसार पहिलो पटक कम्तिमा एक महिना र त्यसपछी १५-१५ दिनको रकम एक मुस्ट भुक्तानी दिनेगरी २०७४ चैत्र २२ गतेदेखि भुक्तानी दिने समेत निर्णय भएको जनाइएको छ ।

सम्बन्धित चिनी उद्योगहरूले कृषकसँग गरेको प्रतिबद्धता अनुसार आआफ्नो क्षेत्रको उखु बाँकी नराखि ख़रिद गरि दिनुपर्ने निर्णय गरिएको महतोले जनाकारी गराउनुभयो ।

चिनी उद्योग हरूबाट वातावरणीय लगायतको प्रदुषण र असर अल्पकालिन रूपमा न्यून गर्ने तथा प्रदेश सरकारको सहमती बेगर बिदेशी उखु नल्याउने पनि सहमति भएको छ ।

त्यस्तै, आन्दोलन स्थगित गर्ने, आन्दोलनकारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुको साथै हरेक वर्ष उखुको मुल्य बिषयमा हुने बिवाद बारे प्रदेश सरकार र सम्बन्धीत पक्ष बिच छलफल गर्ने पनि सहमति भएको बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..