» » घुरबाट आगलागी

राजविराज, चैत ९ गते । सप्तरीको खडक नगरपालिका–२ मा आज आगलागी हँुदा १० रुपियाँ भन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो गुहाली९गाईगोठ०मा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भँैसी जलेर मरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

त्यस्तै छिमेकी कपिलेश्वर मण्डलको पनि एउटा कच्ची घर र एउटा गुहाली घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ ।

सो आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी र राजविराजबाट गएको बारुणयन्त्रले निभाएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..