» » मोटरसाइकल चोरीको अभियोगमा चार पक्राउ



पछिला केही दिनयता सप्तरी सदरमुकाम राजविराजसहित जिल्लामा भइरहेको मोटरसाइकल चोरीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय छिन्नमस्ता गाउँपालिका–१ बस्ने सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका–४ बस्ने सञ्जयकुमार यादव, राजविराज नगरपालिका–७ बस्ने प्रदीपकुमार राम र राजेशकुमार राम रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताउनुभयो ।

चोरीका मोटरसाइकल प्रयोगमा ल्याइरहेको भनी सूचनाका आधारमा अनुसन्धान गर्दा पाँचवटा इन्जिन, चेचिस र मोटरसाइकल चोरी गरी नम्बर र प्लेट परिवर्तन गरिएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

यता पक्राउ परेका चारैजनालाई कानूनी कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..