» » प्रदीप यादवले धोती, कुर्ता, पागरीसहित भोजपुरीमा सपथ लिने



काठमाडौ फागुन १९ गते । संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभा सदस्य जित्नु भएका प्रदीप यादव आफ्नो मातृभाषा भोाजपुरीमा सपथ लिनुहुनेछ ।

पर्साको क्षेत्र १ नम्बरबाट विजयी सांसद प्रदीप यादवले भन्नुभयो, अरुबेल जुनसुकै भाषा प्रयोग गरेपनि गरिमामय संसदमा आफ्नो मातृभाषा सपथ लिन्छु, र, यसमा मलाई गर्व छ ।’

मातृभाषा भनेको आमा समान हो, र यस्तै यस्तै बेलामा आमालाई सम्झने हो, उहाँले भन्नुभयो, म हिन्दी पनि बोल्छु, नेपाली बोल्छु, मैथिली र बज्जिका पनि बोल्छु तर मलाई मातृभाषा नै प्यारो लाग्यो ।’

मधेस आन्दोलनको मुख्य माँग नै पहिचान थियो, र पहिचान भाषा, संस्कृती, भेषभुषाबाट मात्र झल्किने भएकाले भोजपुरीमा सपथ लिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, म सपथमा मात्र होइन, संसदमा रहुनन्जेल आाफ्नो पहिचानका लागि आवाज उठाउछु ।’

उहाँले मातृभाषा भोजपुरीमा सपथ लिने भनि संसद सचिवालयलाई दुई नम्बरमा आफ्नो सपथपत्र दर्ता गराउनुभएको छ । संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको थियो ।

प्रतिनिधि र राष्ट्रिय सभाका विभिन्न ४२ सांसदले मात्र आफ्नो मातृभाषामा सपथ लिँदैछन् ।
सांसद यादवले मातृभाषामा सपथ मात्र होइन, उहाँले त्यही अनुसारको पहिरन पनि प्रयोग गर्ने भएको छ । फागुन २० गते हुने भनिएको सपथग्रहण कार्यक्रममा उहाँ धोती, कुर्ता, बण्डी र पगरी (पाग) लगाएर सहभागि हुनुहुनेछ ।
   

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..