» » फोरम नेपालले आज सत्तारुढ दलसँग वार्ता गर्ने



काठमाडौ चैत ५ गते । संघीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरवारमा वार्ता गर्ने भएको छ । 

फोरम नेपालले सरकारमा जाने निर्णय गरेपनि सत्तारुढ दलसँग कुनै लिखित सहमति गरेको छैन । फोरम नेपालले सविधान संशोधन र मन्त्रालयको बारेमा एमाले र माओवादी केन्द्र सँग स्पष्टता चाहेको छ ।

फोरम नेपालले लिखित सहमति भए मात्र सरकारमा जाने हिजो पदाधिकारीको बैठकबाट निर्णय गरेको थियो ।

फोरमका लागि राज्यमन्त्री सहित शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखेको छ । तर फोरमले तीन मन्त्रालय मागरिहेको छ ।



फोरमका लागि दुईवटा मन्त्रालय छुट्याएर राखे पनि सविधान संशोधन लगायत मधेसका अन्य मुद्दामा भने वाम गठबन्धन र फोरमबीच अहिलेसम्म कुनै लिखित सहमति भने भएको छैन ।


सविधान संशोधनमा एमालेले सैद्धान्तिक सहमति जनाएको छ तर लिखित सहमति गरेको छैन । सविधान संशोधन कसरी गर्ने ? के के विषयमा गर्ने ? त्यसको सुनिश्चितता र प्रतिबद्धता फोरम नेपालले लिखित रुपमा खोजेको छ ।

सरकारमा सहभागिताका लागि वाम गठबन्धन र फोरम नेपालबीच यसअघि पनि पटक पटक पनि वार्ता भइसकेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..