» » मन्त्रीमा राजेन्द्र श्रेष्ठको विरोध



काठमाडौ चैत ३ गते । संघीय समाजवादी फोरम नेपालमा राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने कुरा उठेपछि मधेशमा त्यसको विरोध भएको छ ।


पार्टीका सहअध्यक्ष समेत रहनु भएका श्रेष्ठलाई मन्त्री बनाउन लागेपछि मधेशका नेताहरुले विरोध जनाउनुभएको छ ।


मधेशको मतबाट समानुपातिक संसद हुनुभएका श्रेष्ठलाई मन्त्री बनाउन नहुने तर्क मधेशका नेताहरुले गर्नुभएको छ । एक नेताले भन्नुभयो, राजेन्द्रजीलाई समानुपातिक संसद बनाउनु पनि धेरै भयो । पहाडमा यस्तो संगठन छ उस्तो संगठन छ भन्दै आउनु भएका श्रेष्ठले न स्थानीय चुनावमा एउटा सीट जिताउन सक्नुभयो न प्रतिनिधि र प्रदेशसभाको चुनावमा एउटा जिताउनु सक्नुभयो । अनि अहिले आएर मन्त्री पनि चाहिन्छ भनि सुहाउँदैन ।’


पहाडबाट दुई हजार मत पनि ल्याउन सकेको छैन तर उताबाट तीनजना समानुपातिकमा सांसद दिएका छन्, ती नेताले भन्नुभयो, मधेशमा त्यत्रो आन्दालन भयो, त्यतिले सहादत दिए त्यसको तुलनामा सो पार्टीका लागि पहाडले केही योगदान दिएको छैन । आज मन्त्री बन्नका लागि पार्टीमा दवाव दिनुरहनुभएको छ ।’


पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि मधेशबाट नै मन्त्री बनाउन चाहनु भएको छ तर राजेन्द्र श्रेष्ठले अध्यक्षमाथि चारैतिरबाट अनावश्यक दवाव दिलाउनु भएको पार्टी स्रोतले जनाएको छ । संघीय समाजवादी नेपालसँग पार्टी एकीकरण भएपनि कहिल्यै पनि भागबण्डाको कुरा उठेको थिएन तर अहिले आएर राजेन्द्र श्रेष्ठले मन्त्री बन्नका लागि भागबण्डाको कुरा उठाउन लाग्नु भएको पार्टीका नेताहरु बताउनुहुन्छ ।


हिजो धुलीखेलमा बैठक बस्दा त्यहाँ पनि यी कुराहरु उठेको थियो । आज १ बजे पदाधिकारीको बैठक बसिरहेको छ । त्यो बैठकबाट मन्त्रीको नाम टुगों लगाउने बताइएको छ । फोरम नेपालले दुईटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । शहरी विकास मन्त्रीमा राजेन्द्र श्रेष्ठ र स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव आफै जाने तयारीमा रहनुभएको स्रोतले जनाएको छ ।


फोरम नेपालले प्रतिनिधिसभामा १० प्रत्यक्षमा जितेका छन्  भने ६ वटा सीट समानुपातिकबाट ल्याएको छ ।
सप्तरीबाट उपेन्द्र यादव, डा.सूर्यनारायण यादव, धनुषाबाट उमाशंकर अरगरिया, महोत्तरीबाट डा.सुरेन्द्र यादव, बाराबाट रामसहाय यादव, रामबाबु यादव, पर्साबाट प्रदीप यादव, विमलश्रीवास्तव, हरिनारायण रौनियार र बाँकेबाट मोहम्मद इस्तियाक राइन प्रत्यक्षमा चुनाव जित्नुभएको हो ।


त्यसैगरि फोरम नेपालले समानुपातिकमा पुरुषतर्फ सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा हुनुहुन्छ ।


सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राइ काँग्रेसको समर्थनमा चुनाव लडे पनि उहाँ पराजित हुनुभएको थियो । राजेन्द्र श्रेष्ठ आफै चुनाव नै लड्नु भएको थिएन ।


सप्तरीबाट जित्नु भएका उपेन्द्र यादव आफ्नै नेतृत्वमा सरकारमा जाने मनस्थिति बनाउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपेन्द्र यादव सरकारमा आउनुपर्छ भनि चाहनुभएको छ । त्यस्तै धनुषाबाट एकजना अरगरिया जित्नुभएको छ । उहाँ विजय गच्छदारको पार्टीबाट फोरम नेपालमा आएर जित्नुभएको थियो ।

उहाँ मन्त्रीको दौडमा नरहेको बुझिएको छ । महोत्तरीका डा.सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउने चर्चा छ । त्यस्तै बाराबाट दुईजना जित्नुभएको छ । त्यहाँबाट एकजना मन्त्री बनाउनुपर्ने आवाज उठिरहेको छ । त्यसमा रामसहाय यादवको चर्चा छ । त्यस्तै पर्साबाट तीनजना जित्नुभएको छ । त्यसमा प्रदीप यादवको सबभन्दा बढी चर्चा रहेको छ । उहाँले पर्सामा गरेको योगदानको चर्चा पार्टीभित्र पनि रहेको छ । हरिनारायण रौनियार पनि मन्त्रीको आकाँक्षि हुनुहुन्छ । यी दुईजनामध्ये एकजनालाई राज्यमन्त्री बनाउने चर्चा छ ।

त्यस्तै पश्चिम मधेशको एकजना मात्र जित्नुभएका इस्तियाक राइनको मन्त्रीमा दावी रहेको छ । मुस्लिम समुदायबाट त्यो पनि पश्चिमबाट फोरम नेपालबाट एकजना मात्र जित्न सफल भएको कारण उहाँको दावी मन्त्रीमा रहेको छ । राइन यसअघि पनि मन्त्री बनिसक्नुभएको थियो ।

यता, महिलमा रेणु यादवको नाम पनि मन्त्रीको लागि चर्चामा रहेको छ । एकजना महिला मन्त्री हुनैपर्ने उहाँको दावी रहेको छ । दुई नम्बर प्रदेशको इन्चार्ज समेत रहनुभएका रेणु यादवले मधेश आन्दोलन र चुनावमा दुई नम्बर प्रदेशमा खेलेको भूमिका कारण यत्रो सीट आएको दावी गर्नेहरु पनि पार्टीभित्र रहेको छ ।


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..