» » राजपा प्रवक्ताको प्रश्न, के रेशम चौधरी निर्दोश साबित भए सरकारले क्षतिपूर्ति दिन्छ

काठमाडौ चैत १ गते । थुनामा रहेका राष्ट्रिय जनता पार्टीका नेता रेशम चौधरीलाई हथकडी लगाएर उपचार गरिरहँदा अहिले पनि विभिन्न प्रश्नहरु खडा भएको छ ।

राजपा नेपालका नेताहरु चौधरीलाई भेटेर त्यसको विरोध गर्ने काम पनि गरिरहनु भएको छ । यसैक्रममा राजपा नेपालका प्रवक्ता एवं सहमहामन्त्री कृष्णा सिंहले अस्पतालमा रहेका विरामीलाई हत्करी र जन्जीरले बााँधेर राख्नु कस्तो कनुनी नैतीकता हो यो भनि प्रश्न गर्नुभएको छ । के रेशम चौधरी निर्दोश सावित हुनुभयो भने राज्यले त्यसको क्षतिपूर्ति दिन्छ त भनि पनि उहाँले प्रश्न गर्नुभएको छ ।

सविधानको धारा २० (५) अनुसार अपराध पुष्टि  नभएसम्म सबै अभियुक्त निर्दोष हुन्छन् र प्रमाणको भार पनि वादीको हुन्छ भन्नुहुँदै प्रवक्ता सिंहले हालसम्म सरकारवादी तर्फबाट प्रमाणको नाममा मिडियाको हेडलाईन बाहेक अरु कुनै प्रमाण प्रस्तुत नभएको दावी गर्नुभयो ।

अझ त लाल प्रतिवेदनलाई पनि कुनै प्रमाणको रूपमा प्रस्तुत गरिएन, या नगर्न खोजिएको उहाँको आरोप छ ।

गिरिशचन्द्र लालको अगुवाइमा बनेको लाल प्रतिबेदनको एकजना सदस्यले चौधरी अरोपी होइनन्ू भन्ने बयान पनि दिइसकेको उहाँको दावी छ ।

उहाँले भन्नुभयो, रेशम चौधरीलाई समातिएको पनि होइनन् उहाँ अत्मसमर्पण गर्नुभएको हो यो कुरा स्मरण रहोस् ।

रेशम चौधरी कुनै बाटो वा सडकबाट उठाको मान्छे होइनन्, जनताले चुनेर पठाको जनताको प्रतिनिधि हुनुहुन्छ उहाँ, सिंहले भन्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..