» » रेशम चौधरीको खुट्टामा जन्जिर लागेको बेला बालुवाटारमा राजपा नेताको भोज


काठमाडौ फागुन ३० गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता रेशम चौधरीलाई जन्जिरमा बाँधेर वीर अस्पतालमा उपचार गराई रहनु भएको छ भने सोही दलका नेताहरु एमाले पार्टीका राष्ट्रपति उम्मेदवार विद्या भण्डारीलाई मत हालेर बालुवाटारमा भोज खाइरहेको टिप्पणी भइरहेको छ ।

मधेश आन्दोलनका क्रममा पक्राउ परेका, थुनामा रहेका हरुको रिहाई र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता नभएसम्म सरकारमा सहभागि नहुने घोषणा गरेका राजपा नेपाल र फोरम नेपाल त्यसमध्ये केही माग पुरा नहुँदै सरकारलाई समर्थन गरेका छन् ।
\
सरकारलाई समर्थन गर्नु भनेको सरकारमा सहभागि जस्तै हो । मन्त्री बन्नु मात्र सरकारमा सहभागिता होइन । सरकारलाई समर्थन गर्नु पनि सहभागि जस्तै हो । ती दलका नेताहरुले मानवीय पक्षलाई पनि ख्याल गरेको देखिएको छैन ।

रेशम चौधरी जो थरुहट आन्दोलनका मुख्य अगुवा हुनुहुन्छ । कैलालीमा उहाँकै नेतृत्वमा आन्दोलनहरु हुन्थ्यो । तब ती दलबाट वाह वाही लिनेहरुको कमी थिएन तर जब उहाँ कैलालीको टिकापुरमा भएको आन्दोलनको क्रममा फँस्नुभयो अनि उहाँहरु हात झिक्नुभयो ।

राजपा नेपालका नेताहरुको आश्वासनमा उहाँ अदालतमा हाजिर हुनुभयो । तर, उहाँ सफाई पाउनु कहाँ हो कहाँ उल्टै थुनामा जानुभयो ।

थुनामा गएपनि उहाँ सविधान संशोधनको माग राख्दै अनसन बस्नुभयो ।

अनसनमा उहाँको स्वास्थ्य विग्रिदै गएपछि राजपा नेपालकै आग्रहमा उहाँलाई काठमाडौ ल्याइयो र वीर अस्पतालमा उपचार शुरु गर्यो । त्यो पनि एउटा ठूलै आतकंवादीको जस्तै । खुट्टामा जन्जिर लगाएर ओछ्यानमा बाँधिएको छ र त्यसरी नै उपचार भइरहेको छ ।

\
वीर अस्पतालमा पनि रेशम चौधरीले अनसन तोड्नु भएको छैन । राजपा नेपालका सबै नेताहरु एक एक गएर भेट्नु भएको छ । भेटमा विभिन्न आश्वासन दिनुभएको छ तर रिहाय त के खुट्टाको जन्जिर पनि खोल्न सकेको छैन ।

बरु, प्रधानमन्त्रीलाई विश्वासको मत राजपा नेपालका नेताहरुले दिनुभएको छ । राष्ट्रपतिलाई मत दिनुभएको छ । राष्ट्रसभाको अध्यक्षलाई जिताउन मत हाल्नुभएको छ । राष्ट्रपतिलाई मत हालेको खुशियालीमा बालुवाटारमा भोज खानुभएको छ । तर, रेशम चौधरीको खुट्टाबाट जन्जिर खुलेको छैन ।

 महन्थ ठाकुरले फागुन २८ गते रेशम चौधरलाई भेट्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहीबाट फोन गर्नुभएको थियो र जन्जिर खोलाउन आग्रह गर्नुभएको थियो तर स्रोतहरु भन्छन् अझै जन्जिर खोलिएको छैन ।

उहाँ फरार रहेको अवस्थामा प्रतिनिधिसभा चुनाव जित्नुभयो तर नउहाँलाई आयोगले जितेको प्रमाणपत्र दियो न संसदमा शपथ ग्रहण नै गरायो । बरु राजपा नेपालका नेताहरु त्यही आन्दोलनको आडमा सरकारमा सहभागिका लागि जोरजाममा लाग्नुभएको छ ।

राजपा नेपालका नेता बीपी यादवले आफ्नो फेसबुकमा लेख्नुभएको छ-
नेपालमा थारु को लागि मानअधिकार संगठन, संघसंस्थाहरु छ कि छैन । औषधि उपचार र कानुनी उपचारको बेला हतकडि वा जंजीर खोलनु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेपाली जनता मारेर नै नेता बनेको ईतिहास छ ।

माननीय रेशम चौधरिलाई बहादुर नेपाल प्रहरीले कहाँबाट समाते । समात्न त सकेन अदालतमा आफै हाजीर हुन आएको बेलादेखि हात्तीलाई लगाउने जंजिर लगाएर राखको छ । सरासर गलत हो ।माननीय रेशम चौधरि नेपालको संविधान र कानुनको पालन र समान गरेर अदालतमा हाजीर हुन आएको छ । नेपालमा संविधान र कानुनलाई धज्जी उडाउँदै हिडयाँ छ उसलाई केही भएन । नेपाल न बन्नु को कारण जातीय विभेद , क्षेत्रीय विभेद, रंगको भरमा विभेद, पोशाकको भरमा विभेद, भाषाको नाममा गरिने विभेद यी र यस्ता विभेद पुलिस, प्रशासन, कानुनको रक्षक र गैर सरकारि संघसंस्थाहरुमा पनि देखा परेको छ ।

मधेस बिद्रोहबाट केही हदसम्म त कम भाको छ त्यो पनि आम जनताको बिच तर प्रशासनमा यथाबत छन् । न्यायलयमा पनि बदलाव भएन । मधेसमा मान्छेलाई गोलि हान्दा मानवअधिकारको बारेमा माईतिघर मन्डलामा जुलुस न निकाल्ने तर सिरिया, भारतको गार्खा ल्याण्डको आन्दोलन सिक्किम पश्चिम बंगालमा मान्छेको हत्या हुदा मानवअधिकारको घोर उलंघन हुने मासिकताबाट नेपालको बिकास कदापी हुदैन । नेपालको सिमाभित्र बसोबास गर्ने सबै नेपाली हुन् ।यो सोचको बिकास आम नेपाली जनमानसमा हुनु जरुरि छ । समाजिक सँस्कार बजारमा किनेर पाईदैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..