» » प्रदेश सांसद मण्डलले भन्नुभयो, बाबुराम भट्टराई ढोगीं हुन्



काठमाडौ चैत ९ गते । राष्ट्रिय जनता पार्टी नेपालका सहमहासचिव एवं दुई नम्बर प्रदेशका सांसद सुरेश मण्डलले नयाँ जनशक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई ढोङगीको संज्ञा दिनुभएको छ ।

युरोपियन युनियनले निर्वाचन आयोगलाई बुझाएको प्रतिवेदनमा खस आर्यलाई आरक्षण दिन नहुने सिफारिशलाई डा.भट्टराईले समर्थन गरेपछि सांसद मण्डलले उहाँलाई ढोगंी भन्नुभएको छ ।

सांसद मण्डलले भन्नुभयो, दोधारे चरित्रका माहिर उनी मधेस बिरोधी संविधानका ड्राफ्टकर्ता हुन् ।

काठमाण्डौमा संविधान घोषणा गर्छन् र जनकपुरमा त्यही संविधानको विरुद्ध आन्दोलन पनि गर्छन् । असलमा उनी खसा आर्यवादी नै हुन् जसको पुष्टि उनको पछिल्लो तल्लो स्तरको निकृष्ट अभिव्यक्तिले प्रस्ट पार्दछ ।

डा. भट्टराईले आफ्नो ट्वीटरमा एउटा विदेशी नियोगल नेपालको कुनै जाति विशेषलाई आरक्षण नदिनु भन्ने आपत्तिजनक उर्दी जारी गरेको सुनियो । हामी नेपाली जनता स्वयंले बनाएको सविधानमा कतै आरक्षण शब्द छैन । त्यहाँ समानुपातिक समावेशी प्रतिनिधित्व मात्र छ । जुन विल्कुल सही छ । गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश भनि उल्लेख गर्नुभएको छ ।

यो ट्वीट पढेर सांसद मण्डलले अब पनि कोही मधेसी, जनजाति, दलित, मुस्लिमले बाबुराम मार्क्सवादी या क्रान्तिकारी हुन् भनि भ्रम नपाल्न आग्रह गर्नुभएको छ ।

उहाँ खतरनाक बाहुनवादी (जातिवादी) रहेको टिप्पणी गर्दै मधेशीलाई होसियार रहन आग्रह पनि गर्नुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..