» » राजपा नेपालले अझै किन सकेन संसद दलको नेता चयन गर्न ?


काठमाडौँ, चैत ९ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्न नसकेका कारण संसदीय दलको नेता चयन गर्न ढिला भएको छ ।  


प्रतिनिधिसभामा रहेका पाँच दलमध्ये चारवटा दलले संसदीय दलको नेता चयन गरे पनि राजपा नेपालले अझै चयन गर्न सकेको छैन । 

संसदीय दलको नेताका लागि राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महेन्द्र राय यादव आकाङ्क्षी रहनुभएको पार्टी स्रोतले जनाएको छ  तर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले चाहिँ संसदीय दलको नेता को बन्नुहुन्छ भन्नबारे कुनै छलफल नभएको बताउनुभयो । 

दलको बैठक नबसेको कारण संसदीय दलको नेता टुङ्गो लाग्न नसकेको बताउँदै उहाँले अहिलेसम्म को–को आकाङ्क्षी हुनुहुन्छ, केही खुलेको छैन भन्नुभयो । अध्यक्ष मण्डलका सदस्यहरु काठमाडौँ बाहिर भएका कारण बैठक बस्न नसकेको बताउँदै उहाँले बैठक बस्ने बित्तिकै त्यसको टुङ्गो लाग्ने बताउनुभयो ।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले संसदीय दलको नेता अहिलेसम्म किन चयन भएन त्यो कुरा आफूलाई थाहा नभएको बताउनुभयो । 

उहाँले आफू छ–सात दिनदेखि काठमाडौँ बाहिर रहेका हुनाले त्यस विषयमा केही थाहा नभएको बताउनुभयो ।

पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसकेका हुनाले राजपा नेपालले पनि गरिसक्नुपर्ने हो तर बैठक बस्न नसकेको कारण त्यसको टुङ्गो अझै नलागेको बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘छवटा दल मिलेर बनेको राजपा नेपाल भएका कारणले आकाङ्क्षी हुनु स्वभाविक हो तर त्यसको निर्णय बैठकले मात्र गर्नसक्छ ।’

 उहाँले संसदीय दलको नेता छजना अध्यक्षमध्ये नै हुनुपर्छ भन्ने छैन, जुन सदस्यमा सहमति बन्छ, त्यो नै बन्ने बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..