राजविराज, चैत ११ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित गोविन्दपुरमा गएराति आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय रमानन्द झाको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा गाई गोठ जलेर नष्ट भएको छिन्नमस्ता इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगोलाई प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।
अग्पग्नि पीडितलाई राहत
सप्तरीको दुई स्थानका अग्निपीडित परिवारलाई धर्मिहल्फा महिला विकास क्लबले राहत उपलब्ध गराएका छन् ।
जिल्लाको तिरहुत गाउँपालिका–५ का अग्निपीडित परिवार कैलु ठाकुरकी श्रीमतीलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्ती, डेक्ची र पन्यूँ वितरण गरिएको क्लबका अध्यक्ष ई सूर्यनारायण यादवले जानकारी दिनुभयो ।
चैत १ गते ठाकुरको घरमा आगलागी हुँदा झण्डै रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।
यस्तै छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका अग्निपीडित रामप्रित यादवका परिवारलाई समेत सोही संस्थाले राहत उपलब्ध गराएको छ ।

No comments: