» » खोटे सल्लासहित ठाकुर पक्राउ



सिरहा  फागुन १७ गते । खोटे सल्ला (सररं) सहित वन कर्मचारीको टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले चुरे जंगलबाट अवैधरुपमा तस्करी गरिरहेको खोटे सल्ला (सरर) सहित गोलबजार नगरपालिका–१ गोला मुक्सार निवासी– १८ वर्षीय अजय ठाकुरलाई पक्राउ गरेको हो ।

चुरे जंगलबाट अवैधरुपमा खोटे सल्ला तस्करी भइरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले बोराभित्र लुकाएको करिब २५ किलो खोटे सल्लासहित ठाकुरलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय लहान सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ गरिएको ठाकुरविरुद्ध अवैध वन पैदावार ओसारपोसार ऐनअन्तर्गत मुद्दा चलाइएको प्रमुख सिंहले बताउनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..