» »Unlabelled »

साउदी जेलमा रहेका उमेशको पक्षमा आउला त निर्णय ?
काठमाडौ चैत ८ गते । १२ वर्षदेखि साउदीको जेलमा रहेका उमेश यादवको मुद्दामा फैसला हुने भएको छ ।
एक पाकिस्तानी हत्याको आरोपमा साउदी अरबको जेलमा रहेका उमेश यादवको पक्षमा फैसला आउने देखिएको जनाइएको छ । साउदी अदालतमा केही दिन पहिले बहस हुँदा उमेशको पक्षमा सकारात्मक वतावरण बनेको पारिवारिक स्रोतले जनाएको छ ।
२०६२ सालमा वैदेशिक रोजगारमा गएका उमेश र त्यही काम गर्ने मोहम्मद वाजिरसँग झडप भएको थियो । झडपमा वाजिरको मृत्यु भएको थियो ।
वाजिरको मृत्युपछि उमेशलाई पक्राउ गरि साउदीको जुबैल जेलमा राख्यो । सो घटनामा मुछिएका उनकै भाइ दिनश यादव पनि पक्राउ परे तर छ महिनापछि उनलाई रिहाइ गरेपछि उनी घर फर्के ।
२०६७ मा अदालतले उमेश यादवलाई मृत्यु दण्ड दिने निर्णय गरेको थियो । धनुषा कमलामाई नगरपालिकाका उमेश यादवलाई मृत्यु दण्ड दिएपछि साउदीका प्रशासनले त्यहाँका नेपाली दुतावाससँग उनको बारेमा थप जानकारी माग गरेको थियो ।
दुतावासले उमेश यादवको बारेमा विस्तृत जानकारी उपलब्ध गराउनुको साथै त्यसको बचाउमा तत्कालिन नेपाली राजदूत उदयराज पाण्डे लागेका थिए ।
उमेश बचाउन अभियानमा लागेका सरोज राय यादवका अनुसार राजदूत पाण्डेको पहलमा पीडित परिवार (पाकिस्तानी) ले मृत्युदण्डबाट माफी दिएका थिए ।
उनलाई माफी दिएपनि पीडित (पाकिस्तानी) परिवारले ब्लडमनी (क्षतिपूर्ति) माग गरेका थिए । त्यसका लाग पनि राजदूतले पहल गरेका थिए । यदि ब्लडमनी दिएर उमेश रिहाई हुन्छ भने दिनका लागि उमेशका परिवार लगायत आफन्त पनि तयार भएको बताइन्छ ।
तर, त्यहाँका वर्तमान राजदूत डा.महेन्द्र सिंहले ब्लडमनी दिने कुरा दुई पक्षको बीचमा नभएको कुरा उमेश यादव परिवारलाई जानकारी गराएको अभियन्ता सरोज रायले बताए । त्यस्तो सहमति भएको कुरा कही कतै उल्लेख छैन ।
अहिले पीडितका पाकिस्तानी परिवार सम्पर्क विहिन भएका छन् । साउदी प्रशासनको सम्पर्कमा छैन । सम्पर्कमा नआएका कारणले अदालतले कानुनी प्रकृया पूरा गरेर उमेशलाई छाड्न सक्ने सम्भावना रहेको राजदूत सिंहले आफूलाई जानकारी गराएको सरोज रायले बताए ।
उमेश र राजदूत सिंह एउटै ठाउँका भएका हुनाले उनी बीच साउदीमा फोनमा कुराकानी भइरहेको हुन्छ ।
जुबैलाको अदालतमा उमेशको बारेमा केही दिन पहिले अदालतमा बहस हुँदा उनी चाँडै रिहाइ हुने अवस्था देखिएको राजदूत सिंहको भनाईलाई उद्धृत गर्दै सरोज रायले बताए ।
उमेश यादवको चाँडै रिहाइका लागि सरोज राय सदस्य रहेका तराई मधेश राष्ट्रिय परिषद्ले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पहल गर्न आग्रह गरेको छ ।
त्यसका साथै पराराष्ट्र मन्त्रालयका पदाधिकारी प्रविण भट्टराईसँग पनि उनीहरुले छलफल गरेका छन् ।
उमेश यादवलाई रिहाइका लागि मन्त्रालयले पहल गर्ने आश्वासन भट्टराई दिएका छन् ।

त्यसैगरि, सरोज रायले दुवइमा रहेका राकेश जयसवालको मार्फत पाकिस्तानका एकजना पदाधिकरीसँग पनि फोनमा कुराकानी गरेका छन् ।

पाकिस्तानी पदाधिकारीले पनि उमेशलाई रिहाईका लागि पहल गर्ने आश्वासन दिएको सरोज रायर्ले  बताए ।

यदि पीडित (पाकिस्तानी) परिवारले क्षतिपूर्ति माग गर्यो भने त्यो बुझाएर पनि उमेशलाई रिहाई गराउने तयारी पनि भइरहेको छ । पिडित परिवारलाई क्षतिपूर्ति दिए उमेशलाई रिहाई गरि दिने सम्भावना रहेको सरोज रायले बताए ।
 


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..