» » राजपा नेपालमा शुक्लाको कमाल

काठमाडौ माघ २४ गते । राष्ट्रिय जनता पार्टी नेपाल पार्टीमा केही नकेही नयाँ नयाँ फण्डा आइरहेका हुन्छन् । एउटा नेताको लापरवाहीका करण एउटा अर्को फण्डा पनि बाहिर आएको छ ।

प्रदेश नम्बर पाँचका प्रदेश सांसद विन पन्तले आफ्नो पदबाट राजिनामा दिएपछि यो कुरा बाहिर आएको हो ।
कोही पार्टीमा लामो संघर्ष गरेपनि उसले पद पाइरहेका छैन भने कसैले वास्ता नगरेपनि सित्तैमा पद पाइरहेका छन् ।

राजपा नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले आफ्नो सालाका श्रीमती विन पन्तको नाम प्रदेशको समानुपातिकमा राख्नुभयो । त्यो पनि प्राथमिकतामा पर्ने गरि । जब कि पन्तले आफ्नो कुनै डकुमेन्ट पनि दिएका छैन । फोटो पनि दिएका छैन । त्यति मात्र होइन, उहाँले हालसम्म सपथ पनि लिनुभएको छैन । प्रमाण पत्र पनि बुझ्नु भएको छैन ।

अहिले आएर उहाँले आफ्नो पदबाट राजिनामा नै दिनुभएको छ । त्यही पदका लागी राजपा नेपालमा रुवावासी भएको छ । मधेश आन्दोलनमा सक्रिय भूमिका निभाएका महिलाहरुले अवसरबाट बन्चित रहे तर कसैलाई इच्छा न भएपनि जवर्जस्ती नाम राखेको थियो । र पन्थले आफ्नो पदबाट राजिनामा दिनुभएको छ त्यो पनि राजिनामा कुरियरमार्फत पठाएको छ ।

यदि उहाँको राजिनामा स्वीकृत भयो भने कल्पना पाण्डे प्रदेश सांसद बन्नुहुनेछ । पाण्डेको नाम पनि शुक्लाले नै राख्नुभएको हो । तर सोचनिय कुरा के हो भने पन्त र पाण्डे खस समुदायका हुनुहुन्छ तर उहाँहरुको नाम मधेशी कलस्टरमा राखिएको छ । पन्त र पाण्डेलाई मधेशी कलस्टरमा राखेको भन्दै तमेश्वरी हरिजन न्यायको खोजीमा निस्किनु भएको छ ।

यसबाट पुष्टि हुन्छ कि शुक्लाले किन उहाँलाई राख्नुभएको हो ।

शुक्ला आफै पनि प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको हो । राजपा नेपाल गठन भएपछि ह्रदयश त्रिपाठीसँगै असन्तुष्टि जाहेर गर्दै आउनु भएका शुक्ला स्थानीय तहको चुनावमा राजपा नेपालको निर्णय विरुद्ध आफ्ना स्वतन्त्र उम्मेदवार खडा गरेको आरोप लागेको छ ।

राजपा नेपालका त्रिपाठीलगायतका नेता एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव लड्नु भयो भने उहाँ राजपा नेपालबाट नै चुनाव लड्नु भयो । तर उहाँ जित्न सक्नुभएन ।

चुनाव नजिते पछि उहाँ राष्ट्रिय सभामा आउन निकै प्रयास गर्नुभएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..