» » अनिल झाले भन्नुभयो, एमाले नेतृत्वको सरकारमा जाने कुनै सम्भावना छैन

काठमाडौ माघ २६ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले राजपा नेपालले केन्द्रीय सरकारमा जानेबारे केही पनि नसोचेको बताउनुभएको छ ।

हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, उहाँले भन्नुभयो, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला ।’

नेता झाले संविधान संशोधनको लागि सबैभन्दा कटु आलोचना एमालेबाटै भएको गुनासो गर्दै भन्नुभयो, ‘त्यसैले हामी एमालेको नेतृत्वमा सरकारमा जाने संभावना छैन, हामी प्रतिपक्षमा बसेर निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं ।’

अब बन्ने सरकारले आफूहरुको एजेण्डाप्रति कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले प्रदेश नम्बर २ मा फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘संयुक्त सरकार बनाउनोरे प्रयास र छलफल भैरहेको छ, दुई दिन पहिले यसबारेमा एक चरणमा छलफल भयो, अर्को चरणमा पनि छिट्टै छलफल हुन्छ ।’

उहाँले संयुक्त सरकार बनाउने भएकोले राजपा लचकता अपनाउन तयार रहेको विश्वास दिलाउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..