» » सिँचाई सचिव रमानन्द यादवको ड्राइभरले दिए शंकस्पद प्रतिकृया

काठमाडौ माघ २७ गते । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा उहाँकाे निधन भएकाे छ ।

उहाँसँगै रहेका छाेरा र एकजना अर्काे महिला वेपता नै छन् भने चालक निरञ्जन यादव घाइते अवस्थामा उद्धार हुनुभएको छ ।

काठमाडौमा उपचार गराई रहनुभएका निरन्जरले सञ्चारमाध्यममा दिनुभएको प्रतिकृया अनुसार सचिव यादव आफै गाडी चलाउनु हुन्थ्यो । तर, सचिव यादव निकट स्रोतका अनुसार उहाँ आफै कहिल्यै गाडी चलाउनु हुन्थेन । सिँचाई मन्त्रालय तथा सिँचाई विभागका कर्मचारी स्रोतहरुले पनि भन्छन् उहाँलाई हामीले गाडी चलाएको कहिल्यै पनि देखाका थिएनौ ।

यदि उहाँले गाडी नै चलाउनु पथ्र्यो भने तीनवजे राती त्यस्तो बाटोमा किन गाडी चलाउनु हुन्थ्यो भनि सबैतिरबाट आशंका भइरहेको छ । सचिव यादवले आफै गाडी चलाएको कुरामा कसैले विश्वास गरिरहेको छैन ।
बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो।

सचिव यादवका तीन छोरी र एकछोरा मात्र थिए । कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्कि रहनु भएको थियो । सचिव यादवसँग उहाँका २२ वर्षीय छोरा सन्तोष यादव र उहाँकाका साथी विभासचन्द्र गुप्ताका भान्जी पनि गाडीमा थिइन् । तीनैजना वेवत्ता छन् । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..