» » प्रहरी र व्यपारीबीच झडप

फाइल फोटो

नवलपरासी, फागुन ७ गते । पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुुर छोटी भन्सार नाकामा आज प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् ।

महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुु¥याउनका लागि गाडीमा राख्ने क्रममा स्थानीय व्यापारीले सोहि भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए ।

प्रहरीले बल प्रयोग गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैध भन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासी (बर्दघाट–सूस्ता पश्चिम) का प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिनुभयो ।

कपडा र सवारी साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यस अगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो ।

उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार (राजश्व संकलन) काटेर नेपालतर्फ लैजाने सहमति यस अगावै भए पनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैध भन्दा पनि यसवारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..